Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौडा हुँदैछन् बागलुङ बजारका सडकचोक

२०७७, २७ श्रावण मंगलवार ०८:२२

रामबहादुर थापा। साउन २७, बागलुङ। सदरमुकाम बागलुङ बजारका साँघुरा सडक र चोक चौडा पार्ने कामले गति लिएको छ । बागलुङ नगरपालिकाले अघिल्लो वर्ष बजार व्यवस्थापन र चोक सुधारको योजना थालेको थियो । 

बढ्दो आवादी र सवारी चापले अस्तव्यस्त देखिने बजारको स्वरुप बिस्तारै फेरिँदै छ । मुख्य सडक र चोक चौडा हुँदैछन् । समीक्षालय, ट्राफिक, हल्लन, शिवधारा र गोल्डेनगेटचोक सुधारका लागि काम भइरहेको छ ।

भूपि शेरचनचोक–किरानाटोल, धवलागिरि बहमुखी क्याम्पसको पश्चिम गेटदेखि गोल्डेनगेटचोक र वीरेन्द्र–ऐश्वर्य उद्यान आसपासको सडक चौडा पारिने नगरपालिकाले जनाएको छ ।  “मापदण्डभित्र पर्ने संरचना हटाएर सडक विस्तारको काम गरिरहेका छौँ”, नगरपालिकाका इन्जिनीयर गौरव शर्माले भन्नुभयो, “मुख्य सडक १० मिटर र अन्यत्र कतै आठ त कतै सात मिटरसम्म कायम गरिएको छ ।”

समीक्षालय चोकको सडक अहिले १० मिटर फराकिलो भएको उहाँको भनाइ छ । वीरेन्द्र–ऐश्वर्य उद्यानको पर्खाल तथा ज्ञानोदय भगवती पुस्तकालयको व्यावसायिक भवनलगायत सडक मापदण्डभित्र संरचनालाई नगरपालिकाले हटाएको छ ।

सोही स्थानमा रहेको तत्कालीन जिल्ला विकास समितिको पर्खाल, माइक्रो काउन्टर र सार्वजनिक शौचालयको पेटी फालेर सडक थप चौडा पारिने भएको छ । उद्यानको पर्खाल पछाडि सारेर अहिले नाली निर्माणको काम भइरहेको छ । उद्यानको पूर्व र पश्चिमपट्टिको सडक चौडा भए पनि दक्षिणपट्टिको मुख्य सडक पुरानै स्थितिमा छ । मालपोत, नापी कार्यालय र केही व्यक्तिको जग्गासमेत मापदण्डभित्र पर्ने देखिएपछि उक्त काम रोकिएको छ ।

ट्राफिकचोक सुधारका क्रममा मालपोत कार्यालयको पर्खाल पनि हटाएर पछाडि सारिने ई शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भूपिचोकदेखि किरानाटोलसम्म घरका पेटीसहितका संरचना फालेर सडक चौडा पार्ने काम शुरु भएको छ ।

उक्त खण्डमा प्रदेश सरकारको लगानीमा नाली निर्माण भइसकेको छ भने यस वर्ष ढलानको योजना छ । “तीन÷चारवटा चोक सुधारको योजना गत वर्ष नै सक्ने लक्ष्य थियो, बन्दाबन्दीले केही पछाडि धेकेलियो”, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भन्नुभयो, “यो वर्ष सडक विस्तार, खाल्डाखुल्डी पुर्ने, कालोपत्र लगायतका काम गर्छौं ।”

भित्री सडक र नाली निर्माणलाई पनि वडाले प्राथमिकता दिएको उहाँको भनाइ छ । सदरमुकामको मुख्य बजार क्षेत्र बागलुङ नगरपालिका–२ र ३ मा पर्छ । “साँघुरा सडकले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “बजार व्यवस्थापन र पूर्वाधार निर्माण त्यही अनुसार गर्नुपर्ने अवस्था छ ।”

नगरपालिकाले सडक चौडा पार्ने र नाली बनाउने क्रममा जग्गा मिचेको भन्दै धवलागिरि बहुमुखी क्याम्पसले विरोधसमेत जनाएको थियो । वीरेन्द्र–ऐश्वर्य उद्यानको पनि जग्गा मासिएकामा कतिपयले आलोचना गरेका थिए ।

नगरप्रमुख जनकराज पौडेलले उद्यानलाई सङ्कुचित पार्न सडक चौडा नगरिएको बताउनुभयो । “शुरुमा नगरपालिकाले उद्यानको जग्गा मिच्यो कि भन्ने जस्तो प¥यो तर त्यस्तो होइन अहिले त झन् उद्यान वरिपरिकै ठाउँ खुला भएको छ”, उहाँले भन्नुभयो ।

सडक व्यवस्थित हुँदा उद्यानकै सौन्दर्य बढ्ने उहाँको भनाइ छ । नगरपालिकाले अहिले जीर्ण स्थितिमा पुगेको उद्यानको संरक्षण योजनासमेत अघि सारेको छ । अर्को वर्षभित्रमा सदरमुकामभित्रको नाली व्यवस्थापनमा समेत उल्लेख्य सुधार आउने नगरप्रमुख पौडेलले जानकारी दिनुभयो । ढलको उचित निकास नहुँदा वर्षायाममा सडक जलमग्न हुने स्थिति छ । सङ्घ सरकारको रु १२ करोड लगानीमा नाली निर्माणको योजना अगाडि बढेको नगरपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू