रमेश गिरी/साउन ११, भक्तपुर । लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी/साउन ११, भक्तपुर । लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यप"/>
२०८३, ९ जेष्ठ शनिबार
काठमाडौँ - KTM

लगातारको वर्षाले भक्तपुर र थिमि डुबानमा

२०७३, ११ श्रावण मंगलवार ०९:४५

रमेश गिरी/साउन ११, भक्तपुर । लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन् । 

मध्यरातिदेखि हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेको छ । 

त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन् । 

सिद्धिस्मृति अस्पताल डुबानमा पर्दा लाखाँै बराबरको यान्त्रिक सामान र उपचार तथा विद्यालय डुबानमा पर्दा पढाइ प्रभावित भएको छ । हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायत क्षेत्रमा पानी पसेर सडक र खोलाभन्दा चार फिटसम्म उचाइमा पानी गएपछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ । 

नगरकोट सडक खुला 

गए रातिदेखि पहिराले अवरुद्ध पर्यटकीयस्थल नगरकोट जाने सडक मध्याह्नदेखि खुलेको छ । त्यसैगरी सूर्यविनायक डोलेश्वर हँुदै आशापुरी जाने सडकमा समेत पहिरो गएपछि अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । अविरल परेको वर्षाका कारण नगरकोट नगरपालिका– ११ मा गए राति तीन घर पहिराले पुरिएका छन् । वर्षाका कारण माथिबाट पहिरो आउने र तलबाट पहिरो जाने भएपछि राति १ बजेदेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखा, स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेको रेडक्रस उपशाखाका सभापति एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताए । 

स्थानीयवासी नवराज लामिछाने, ईश्वरी लामिछाने र गणेश लामिछानेको परिवार बस्दै आएको टहरा समेत पहिराले पुरिएका छन् । पुरिएका घर र जोखिममा परेका घर तथा टहराका बासिन्दा र सामानको उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए । 

विशेष गरी सडक छेउ र भिरमा बनेका घर पहिराको उच्च जोखिममा परेको उनको भनाइ थियो । नगरकोट, चाँगुनारायण, सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकाका ग्रामीण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण वज्राचार्यले अविरल वर्षाका कारण खोला बढेपछि खोला किनारका बासिन्दाको घरभित्र समेत पानी पसेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन