रमेश गिरी/साउन ११, भक्तपुर । लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी/साउन ११, भक्तपुर । लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यप"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

लगातारको वर्षाले भक्तपुर र थिमि डुबानमा

११ श्रावण २०७३, मंगलवार ०९:४५

रमेश गिरी/साउन ११, भक्तपुर । लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन् । 

मध्यरातिदेखि हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेको छ । 

त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन् । 

सिद्धिस्मृति अस्पताल डुबानमा पर्दा लाखाँै बराबरको यान्त्रिक सामान र उपचार तथा विद्यालय डुबानमा पर्दा पढाइ प्रभावित भएको छ । हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायत क्षेत्रमा पानी पसेर सडक र खोलाभन्दा चार फिटसम्म उचाइमा पानी गएपछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ । 

नगरकोट सडक खुला 

गए रातिदेखि पहिराले अवरुद्ध पर्यटकीयस्थल नगरकोट जाने सडक मध्याह्नदेखि खुलेको छ । त्यसैगरी सूर्यविनायक डोलेश्वर हँुदै आशापुरी जाने सडकमा समेत पहिरो गएपछि अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । अविरल परेको वर्षाका कारण नगरकोट नगरपालिका– ११ मा गए राति तीन घर पहिराले पुरिएका छन् । वर्षाका कारण माथिबाट पहिरो आउने र तलबाट पहिरो जाने भएपछि राति १ बजेदेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखा, स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेको रेडक्रस उपशाखाका सभापति एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताए । 

स्थानीयवासी नवराज लामिछाने, ईश्वरी लामिछाने र गणेश लामिछानेको परिवार बस्दै आएको टहरा समेत पहिराले पुरिएका छन् । पुरिएका घर र जोखिममा परेका घर तथा टहराका बासिन्दा र सामानको उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए । 

विशेष गरी सडक छेउ र भिरमा बनेका घर पहिराको उच्च जोखिममा परेको उनको भनाइ थियो । नगरकोट, चाँगुनारायण, सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकाका ग्रामीण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण वज्राचार्यले अविरल वर्षाका कारण खोला बढेपछि खोला किनारका बासिन्दाको घरभित्र समेत पानी पसेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ