२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिदी पहिरो: रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

३० श्रावण २०७७, शुक्रबार १३:१०

नारायण ढुङ्गाना | साउन ३०, काठमाडौँ |  मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ । 

प्रारम्भिक विवरणमा आज बिहान जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो जाँदा ३६ घर क्षति भएको र ३८ जना परेको प्रारम्भिक जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो । त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । केही घाइतेको उद्धार गरिएको छ ।

पहिलै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन् । जुगल–२ का वडा सदस्य तथा स्थानीयवासी विष्णुलाल दोङका अनुसार गत असार २६ गते त्यहाँ भीषण पानी परेको थियो । त्यसबेला भत्किँदा एउटा घरमा क्षति पुगेको थियो भने सामान्य पहिरो खसेको थियो । त्यस दिनदेखि नै स्थानीयवासीले रातिमा घर बस्न छाडेका थिए । कोदोबारीमा त्रिपाल हालेर बस्ने गरेका थिए । झण्डै ५० घर जोखिममा परेपछि उनीहरुले दैनिक सावधानी अपनाउँदै आएका थिए । दोङका अनुसार यहाँ निर्माणाधीन बलेफी ‘ए’ हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा भएको विस्फोटले जमीनमा असर परेको स्थानीयवासीको अनुमान गरिएको छ । त्यही विषयमा उनीहरुले पटकपटक स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका थिए । समयमै बस्ती सार्न सकिएको भए क्षति नहुने स्थानीयवासी बताउँछन् ।

“जोखिम पहिचान भएपछि गाउँले हरेक राति घरमा कोही सुत्थेनन्, पहिरो खस्छ भन्ने डर थियो, रातभरि त्रिपालमा सुत्ने र बिहान उठेर घर जाने गरेका थिए”, गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले रासससँग भन्नुभयो, “आज बिहान पनि रातभर बाहिर सुतेर घर फर्किएका थिए, एक्कासि खसेको पहिरामा परे ।” रातभरि भारी वर्षा भएको थियो । त्यसैले मानिसहरु अस्थायी आश्रयस्थलमा गएका थिए । राति पहिरो खसेको भए मानवीय क्षति हुने थिएन । बिहान सबै घर फर्किएर काम गर्न थाल्दा एक्कासि पहिरो खसेको श्रेष्ठले बताउनुभयो । पहिरो आउन थाल्यो भने भाग्न सकिन्छ भन्ने सोचेर मानिसहरु बिहान घर फर्किएका उहाँले बताउनुभयो । 

गत असार २६ मा उक्त घटना भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीयवासीले बस्ती जोखिममा परेको भन्दै सुरक्षित गर्नका लागि निवेदनसमेत दिएका थिए । यही साउन २३ मा उनीहरुले लिदीसहित झुल्के, निम्लुङ, सञ्चगाउँ, बेगाङका ५०० भन्दा बढी घर जोखिममा परेका भन्दै बस्ती जोखिम पहिचान गर्न र बस्ती सुरक्षित राख्न माग गरेका थिए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले निवेदन आएपछि समितिले निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस पत्र पठाएको समेत जानकारी दिनुभयो । 

वडासदस्य दोङका अनुसार उक्त गाउँमा कूल १७२ घरधुरी छन् । त्यसमध्ये ५० घर पहिराको उच्च जोखिममा थिए । प्रारम्भिक विवरणमा आज ३६ घर क्षति भएका र ३८ जना परेको जानकारी आए पनि यकिन विवरण नआएको सहायक प्रजिअ खनाल बताउनुहुन्छ । त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँचजना घाइतेको उद्धार गरिएको छ । उक्त गाउँमा दोङहरुको बसोबास छ । केही घरका सबै परिवार हराएको जनाइएको छ । 


जिल्ला प्रशासन कार्यालयका अनुसार यो मनसुनका बेला जिल्लामा यसअघि २२ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । बिहीबारसम्मको विवरणमा २० जनाको मृत्यु भएको सहायक प्रजिअ खनालले बताउनुभयो । त्यसमध्ये सबैभन्दा बढी क्षति बाह्रबिसेको जम्बुडाँडामा भेलपहिराका कारण भएको थियो । त्यहाँ हराइरहेका अझै फेला परेका छैनन् । त्यसपछि भोटेकोशी, मेलम्ची र पाँचपोखरीमा भौतिकसहित मानवीय क्षति भएको छ । यो पटक लिदीमा जिल्लाकै सबैभन्दा बढी मानवीय क्षति हुने गरी पहिरो खसेको छ ।

साउनको दोस्रो सातादेखि मुलुकभर वर्षा कम भयो । लगातारको झरी पर्ने क्रम रोकिए पनि ठाउँठाउँमा भारी वर्षा भने कायमै रहँदा कतिपय क्षेत्रमा ठूलै मानवीय क्षति बेहोर्नु परिरहेको छ । मौसमविद्का अनुसार अझै पनि सावधानी अपनाउन जरुरी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ