2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख सापकोटाद्वारा समवेदना

साउन ३०, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । 

अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिराले ३७ घरमा गम्भीर क्षति पुगेको छ । तीमध्ये १३ घर पूर्ण रुपमा पुरिएका छन् । पहिरामा परेका ३८ स्थानीयमध्ये ११ को शव निकालिएको छ । सभामुख सापकोटासहितको टोलीले आज पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । 

घटनास्थलबाट तत्काल पाँचजना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएको थियो । स्थानीयवासीले आफ्नो गाउँमा परेको पीडाबारे सभामुख सापकोटालाई जानकारी गराएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । पहिरो स्थल पुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य शुरु गरिएको तथा नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी जारी रहेको छ । 

पहिराका कारण विस्थापित भएकाका लागि तत्काल राहत सामग्री पठाउने काम गरिएको छ । बेपत्ताको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने सभामुख सापकोटाले स्थानीयवासीलाई विश्वास दिलाउनुभएको छ । 

भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकाले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई सभामुख सापकोटाले अपिल गर्नुभएको छ । 

यसैगरी गए राति कालीकोटको महावै गाउँपालिकामा खसेको पहिरामा परी एकै परिवारका छ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले आफूलाई दुःखित तुल्याएको सभामुखले उल्लेख गर्नुभएको छ । 

सिन्धुपाल्चोकका लिदीवासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरामा परी सिन्धुपाल्चोकको लिदीबाट उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइरहेका चारजना र काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत सभामुख सापकोटाले गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई