पढ्न करिब 2 मिनेट लाग्छ

साउन ३१, सिन्धुपाल्चोक | जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी थिइन् ।

‘म पानी लिन गएकी थिएँ, बुबाआमा र भाइबहिनीहरू घरमै थिए । एक्कासि पहिरो आएर सबैलाई पुर्यो ’ सुष्माले रुँदै भनिन्, ‘मचाँहि पानी लिन गएकाले बाँचें ।’

लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन् । उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको छ ।

‘मचाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासि आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँसु पार्दै भनिन् ।

बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्तीनजिकै रहेको लप्से डाँडामा गएर बस्ने गरेका थिए ।

- यो समाचार आजको राजधानी दैनिकमा छ ।