२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिदी पहिरोः मृतकको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

२०७७, ३१ श्रावण शनिबार १२:३२

साउन ३१, सिन्धुपाल्चोक (रासस) । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । त्यस्तै दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उहाँले बताउनुभयो । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा पूरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

लिदी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । 

लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिनुभयो । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । 

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ । 

पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु