Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पीडितका घर बनाउने विकल्प खोज्दै बरेङ

२०७७, ३२ श्रावण आईतवार ०८:११

साउन ३२, बलेवा । बाढी र पहिरोका कारण विस्थापित परिवारको व्यवस्थापनका लागि बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकाले विकल्पको खोजी गर्न थालेको छ । तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले दीर्घकालीन बसोवासका लागि विकल्पको खोजी गर्न थालेको हो ।

गाउँपालिकाले बाढी तथा पहिरो प्रभावितका लागि चालु आर्थिक वर्षको कार्यक्रममा कुनै पनि स्रोत नभएकाले विकल्पको खोजी गर्नुपरेको हो । ‘‘वर्षाले निम्त्याएको विपत्तिसँग जुध्नका लागि कुनै योजना बनाइएन’’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्नुहुन्छ, “अब स्रोतहरुको पहिचान गरेर विस्थापितको व्यवस्थापन गर्छौं ।” 

विपद् व्यवस्थापन कोषबाट खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले खर्च नभएर रकमान्तर गर्न सकिने शीर्षकका बजेट खोज्न थालेको छ । खरका छाना विस्थापन गर्ने कार्यक्रमबाट जस्तापाता उपलब्ध गराउने, सामुदायिक वनको सहयोगमा काठ र स्थानीय क्लब तथा आमा समूहको सहकार्यमा श्रमदान जुटाएर सामान्य घर निर्माणको विकल्प दिइने शर्मा बताउनुहुन्छ ।

‘‘विस्थापित भएका केही आफैँ पनि घर बनाउन सक्ने अवस्थामा हुनुहुन्छ, कमजोर आर्थिक अवस्था भएका र आफै घर बनाउन नसक्नेको लागि गाउँपालिकाले बासको व्यवस्था गर्नैपर्छ’’ शर्मा भन्नुहुन्छ “साझेदारीमा प्रदेश र सङ्घ सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं ।” 

बरेङमा बाढी पहिरोका कारण १९ परिवार विस्थापित भएका छन् । सबैभन्दा धेरै वडा नं १ मा ११ परिवार, वडा नं २ मा ४ परिवार, ३ मा ३ परिवार र ५ मा १ परिवार विस्थापित भएका छन् । ‘‘तत्कालका लागि खाने व्यवस्था र भत्किएको ठाउँ बढी भत्किन नदिन त्रिपाल दिएका छौँ’’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नुभयोे “पालिकाले गरेको नीतिगत व्यवस्था अनुसारको सबै सुविधा उपलव्ध गरायौं तर त्यतिले मात्रै पुग्ने अवस्था छैन् ।”

स्रोतको खोजीमा रहेको गाउँपालिकाले हिउँदे अधिवेशनमा एजेण्डा बनाएर कार्यक्रम ल्याउने जनाएको छ । विस्थापितमध्ये दुई जना एकल महिला हुन । उनीहरुको आर्थिक अवस्था कमजोर रहेको र सहयोग गर्ने अन्य कोही नभएकाले तत्कालै व्यवस्थापन गनुपर्ने अवस्था रहेको अध्यक्ष शर्मा बताउनुहुन्छ । गाउँपालिकाले बाढी र पहिरो प्रभावित सबै वडामा पुगेर घरवास तथा खेतीयोग्य जमिनको निरीक्षण, अनुगमन गरेको छ । सबै वस्तुस्थितिका आधारमा निर्णय गरिने गाउँपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू