2026-09-19 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन सङ्कल्प गर्ने

पूर्णप्रसाद मिश्र । साउन ३२, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले वेद, योगदर्शन, आयुर्वेद र प्राकृतिक चिकित्साका विषयमा अनुसन्धानको तयारी गरेको छ । जयतु संस्कृतम् संस्थाले संस्कृत लोक भाषा अभियान एवं साधारण विद्यालयमा संस्कृत विषयको प्रयोग सान्दर्भिकता विषयमा आयोजित जुम प्रविधिको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा रमेश ढकालले पानीमा कुश, जौ, तिल राखेर किन सङ्कल्प गर्ने, वैदिक रुद्राभिषेक किन गर्ने र  तुलसीको पात किन खानेलगायत वैदिक क्रियाकलापका विषयमा अनुसन्धान गर्न लागिएको जानकारी दिनुभयो । 

“वेदको प्रायोगिकरुपमा अध्ययन एवं अध्यापन गराई विश्वका सबै विश्वविद्यालयमा वेद विषयका प्राध्यापक निर्यात गर्ने गरी पठन पाठन गराउन समर्पित भएका छौँ, अब कामदार होइन वेदको ज्ञान दिने प्राध्यापक निर्यात गर्ने गरी विश्वविद्यालय अघि बढ्न लागेको छ,” उहाँले भन्नुभयो । 

विश्वविद्यालयले यसै वर्षदेखि सरल रुपमा संस्कृत सिकाउन संस्कृत भाषामै पत्रिका प्रकाशनसमेत गर्न लागेको छ । विश्विद्यालयका कुलसचिव माधव अधिकारीले ५ नं। प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरी त्यस प्रदेश क्षेत्रमा संस्कृतको कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान शुरु भइसकेको बताउनुभयो । 

जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले दक्षिण एशियाकै मातृ भाषा संस्कृत विश्वका सबै भाषाभन्दा मिठास भएको बताउनुभयो । संस्थाको नेतृत्वमा देशका १२३ वटै भाषा बचाउनुपर्छ भनी लागिएको जानकारीसमेत उहाँले गराउनुभयो । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन संयुक्त राष्ट्र सङ्घलाई संस्थाले पत्राचार गर्ने भएको छ । 

संस्कृत जटिल भाषा भनी गलत प्रचार गरिएकाले त्यसलाई चिर्दै लोक भाषाका रुपमा स्थापित गर्ने उद्देश्यले जागरण स्ूवरुप हालसम्म चारवटा प्रदेशमा अन्तरक्रिया गरिसकिएको छ । बाँकी तीन प्रदेशमा पनि गर्ने तयारी भएको जयतु संस्कृतम्ले जनाएको छ । 

कार्यक्रममा साधारण विद्यालयमा संस्कृत पठनपाठनका विषयमा गोष्ठी पत्र प्रस्तुत गर्नुहुँदै पूर्वशिक्षा सचिव जनार्दन नेपालले किराँत, लिच्छवि र मल्लकालमा राखिएका शिलालेखसमेत संस्कृत भाषामा भएकाले पहिल्यैदेखि यसको पठनपाठन भइरहेको पुष्टि हुने बताउनुभयो । विसं २०२८ मा राष्ट्रि«य शिक्षा पद्धतिको योजना लागू भएपछिदेखि संस्कृत ओझेलमा पर्न थालेको बताउनुभयो ।

संस्कृत लोकभाषाका रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गोष्ठी पत्र प्रस्तुत गर्नुहुँदै संस्कृत नभई नेपाली समाज नबाँच्ने भएकाले यो लोकभाषा नै भएको बताउनुभयो । नेपालका आदिवासी, जनजाति सबैले दैनिक रुपमा गर्ने सांस्कृतिक गतिविधि संस्कृतकै देन भएकाले यसलाई लोकभाषाका रुपमा पुनःस्थापित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले ११८ वर्ष पुरानो गुल्मी जिल्लास्थित रिडी संस्कृत माध्यमिक विद्यालयलाई साधारण माविमा गाभी अपमान गर्न खोजिएकाले रोकिनुपर्नेमा सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । 

गुल्मीकै रेसुङ्गा नगरपालिकाले कक्षा एकदेखि आठसम्म नै संस्कृत भाषा पढाउने निर्णय नगर परिषद्बाट गरेको शशी पन्थीले कार्यक्रममा सुनाउनुभयो । विश्व हिन्दू महासङ्घ रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले संस्कृत सिक्ने चाहनाले जीवनको उत्तराद्र्धमा आफू लागिपरेको बताउनुभयो । 

जरो किलो प्रतिष्ठानका महासचिव डा गोविन्दशरण उपाध्यायले संस्कृतका लागि काम गर्ने संस्थाकाबीच समन्वय हुनुपर्ने बताउनुहुँदै श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन सबै लागि पर्नुपर्नेमा जोड दिनुभयो ।  जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले देशभरका ३५ हजार ६०० विद्यालयमै संस्कृत विषयको पठनपाठन गर्ने गरी अभियान अघि बढाइएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई