९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध

१ भाद्र २०७७, सोमबार ०७:३८

भदौ १, गलकोट । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्र्तगतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।  

निसीखोलाअन्र्तगत ठूलो पहिरो खसेका कारण शनिबारदेखि लोकमार्ग अबरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गअन्र्तगतको निसीखोलामा सडक माथिदेखि खसेको पहिराले पैदल आवतजावत गर्न नसकिने गरी सडक भत्किएको स्थानीय मानबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ । 

बुर्तीवाङ बजारदेखि निसीखोला गाउँपालिका–५ को बडावनखोलासम्मको खण्डमा दर्जन बढी पहिरो खसेका कारण लोकमार्ग अबरुद्ध भएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । वर्षाका कारण मध्यपहाडी लोकमार्गले सडक कालोपत्रे गर्ने काम समेत प्रभावित बनेको छ । धेरै स्थानमा पहिराले सडक अबरुद्ध हुँदा खुलाउन सकेत कठिन भएको उहाँको भनाइ छ । लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिनुभयो । लोकमार्ग अबरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम रोल्पा जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो