२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा आठ हजार घर पुनर्निर्माण

२०७७, ५ भाद्र शुक्रबार ०७:०४

भदौ ५, दमौली । विनाशकारी भूकम्पले क्षति पुर्याएका तनहुँका ५२ प्रतिशत घरका पुननिर्माण सकिएको छ । पूर्ण र आंशिक गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार तीन सय ८४ घर पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

जिल्लामा पूर्णतर्फ १४ हजार तीन सय ९५ र आंशिकतर्फ एक हजार पाँच सय ६८ गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही छन् । जिल्लामा सबैभन्दा बढी लाभग्राही भानु नगरपालिकामा चार हजार आठ सय ४५ र सबैभन्दा कम लाभग्राही घिरिङ गाउँपालिकामा तीन सय ३० रहेको इकाईका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । व्यास नगरपालिकामा दुई हजार पाँच सय ४१, बन्दीपुरमा एक हजार एक सय १६, आँबुखैरेनीमा नौ सय ४१, देवघाटमा ६ सय ६१, म्याग्देमा एक हजार चार सय ८९, ऋषिङ गाउँपालिकामा छ सय ३२ , भीमादमा एक हजार तीन सय ३१, शुक्लागण्डकी नगरपालिकामा दुई हजार ७७  लाभग्राही छन् ।

उहाँका अनुसार व्यासमा एक हजार दुई सय ९२, भानुमा दुई हजार छ सय ७६, शुक्लागण्डकीमा एक हजार २७ र  भीमाद नगरपालिकामा छ सय २८ रहेका छन् । यसैगरी बन्दीपुरमा पाँच सय ८६, आँबुखैरेनीमा पाँच सय ८४, देवघाटमा तीन सय ५३, घिरिङमा एक सय ५६, म्याग्देमा सात सय ७१, र ऋषिङ गाउँपालिकामा तीन सय ११ घर पुनर्निर्माण सम्पन्न भएको छ । घर सम्पन्न भएकाहरुलाई तेस्रो किस्ता बापतको रकम भुक्तानी गरिसकिएको ईकाइले जनाएको छ । 

स्थानीय तहअनुसार ऋषिङमा ४९, म्याग्देमा ५१, बन्दीपुरमा ५२, आँबुखैरेनीमा ८४, देवघाटमा ५३, घिरिङ गाउँपालिकामा ४७ तथा व्यासमा ५०, भानुमा ५५, भीमादमा ४७ र  शुक्लागण्डकी नगरपालिकामा ४९ पुननिर्माण सकिएको छ ।

कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार दुई सय ९८ र आंशिक घर क्षति भएका नौसय १४ लाभग्राहीले पहिलो र १० हजार ७७ लाभग्राहीले दोस्रो किस्ता वापतको रकम बुझेका छन् । दोस्रो किस्ता बुझ्नेमध्ये व्यासका एक हजार चार सय २०, भानुका तीन हजार एक सय ६१, बन्दीपुरका सात सय ६२, आँबुखैरेनीका छ सय २०, देवघाटका चार सय १३, घिरिङका एक सय ९९, भीमादका सात सय ९०, म्याग्देका नौ सय ३९, शुक्लागण्डकीका एक हजार तीन सय ८४ र ऋषिङका तीन सय ८९ लाभग्राही छन् । 

इकाईका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई हजार दुई सय ९३ घर निर्माण सम्पन्न भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा तीन सय ७१ र आर्थिक वर्ष ०७४/७५ मा दुई हजार चार सय ५९ घर निर्माण सम्पन्न भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ