2026-10-23 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक

भदौ ५, काठमाडौँ | यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । 

एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस (IP Address) भनिन्छ । यो एड्रेस इन्टर्नेट असाइन नम्बर प्राधिकरण (IANA) भन्ने अमेरिकी संस्था ले सबै इन्टरनेट सेवा प्रदायकहरु लाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ । आईपी एड्रेसका दुई संस्करण हुन्छन्  । एउटा आईपी भर्सन फोर ( IPv4) हो भने अर्को आईपी भर्सन सिक्स (IPv6 ) हो । सुरुको भर्सन आईपी  भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु छन् । जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भयो ।  परिणामत: पब्लिक भी फोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एन ए टी, NAT) प्रविधिमा निर्भर छन् ।  

यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो । आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एड्रेस असाइन गर्ने क्षमता राख्छ । यसमा एनएटी (NAT) प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस अली राम्रो हुन्छ । 

हाल गूगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्स मा पनि सामग्री प्रदान गर्छन् । जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पुर्‍याइरहेका हुन्छन् । हाल उपकरणको ईकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् ।

विर्ल्ड लिंक नेपालको पहिलो इन्टनेट सेवा प्रदायक हो, जसले जुलाई २०१९ मा आईपीभी सिक्सलाई इनेबल गरेको थियो । विश्वमा कमै मात्र आईएसपीहरुले यसलाई इनेबल गरेका छन् । भी सिक्समा जाँदा हामीले ग्राहकलाई अलि उत्कृष्ट इन्टरनेट सेवा दिन सक्छौं र सेवाप्रदाकहरुका लागि रिमोटली ग्राहको समस्या निवारण अलि सजिलो बनाइदिन्छ । अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स (IoT) मा गइरहेको अवस्थामा त्यसलाई वृहत् बनाउन यस किसिमको तयारीलाई ठूलो विकासको संकेत मान्न सकिन्छ । 

हाल वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।

एसिया प्रशान्त नेटवर्क इन्फर्मेसन सेन्टर (APNIC), गूगल र  फेसबुकको तथ्याङ्क अनुसार हाल विश्वको करिब २६ प्रतिशत नेटवर्क भी सिक्समा छ । यस्तै नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्स गएको छ । जसमा सबैभन्दा धेरै योगदान आफ्नै रहेको वर्ल्डलिंकको  छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र हैन साथै यसले इन्टरनेट सुरक्षा समेत बढाउन मद्दत गरेको छ ।  सरकारी तथा नियामक निकायहरुलाई गैरकानूनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाऊनेछ , जुन कुरा आईपीभी फोरमा नेटवर्क एड्रेस ट्रान्सलेसन NAT को कारण ले गतिविधि ट्र्याक गर्न निकै कठिन हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने