१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दीपुरमा भेटेरीनरी अस्पताल निर्माण शुरु

६ भाद्र २०७७, शनिबार ०५:५६

भदौ ६, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको रु एक करोड लगानीमा बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको हो ।

जेठदेखि निर्माण शुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ । कोरोना कहरका कारण भवन निर्माणमा ढिलाइ भएको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । “कोभिड–१९ को सङ्कट नभएको भए यतिबेलासम्म धेरै काम अगाडि बढिसक्थ्यो तर चालु आर्थिक वर्षभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।

भवनमा छ कोठा हुनेछन् भने शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण हुने जनाइएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुपर्यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहज रुपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्,” पोख्रेलले भन्नुभयो ।

यस अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् । त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो । गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करीब रु ७५ लाख मूल्यबराबरको जग्गा दान गर्नुभएको थियो । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरीनरी अस्पताल निर्माणका लागि पहल भएपनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट