2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युब ट्रेन्डिङमा ‘आलु जस्तो गायक’

भदौ ६, काठमाडौँ | युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ ।

गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय/नृत्य छ ।

‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ । केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए । 

सङ्गीत प्रशिक्षण, साधानाले भन्दापनि आफू रहरले गायक भएको थापाले बताउनुभयो । “मेरो मुख्य क्षेत्र मोडलिङ हो, म रहरले गायनतिर लागेँ”, थापाले भन्नुभयो, “कुनै औपचारिक ज्ञान भन्दा पनि मैले हाम्रै हावापानी, पाखा, पखेराबाट सङ्गीतमा लाग्ने प्रेरणा पाएँ ।” दर्शक, स्रोताकै माया र सद्भावले आफू गायकका रुपमा चिनिएको थापाको भनाइ छ । 

थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ । बागलुङको गलकोटमा जन्मनुभएका गायक थापाका दर्जनौँ गीत सार्वजनिक भएका छन् । सयौँ म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । रासस 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई