पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब व"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्गको ४ अर्व फिर्ता

१४ भाद्र २०७७, आईतवार ०६:३६

पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब विनियोजन गरेको थियो । आयोजनाअन्तर्गत पाँच योजना कार्यालयमार्फत निर्माणको काम अघि बढिरहेको छ ।


ती योजनाले सडक र पुलका गरी गत फागुनसम्म १४० ठेक्का सम्झौता गरेकामा बन्दाबन्दीको अवधिमा जम्मा ३४ ठेक्कामा मात्रै काम भएको निर्देशनालयका प्रमुख दीपक केसीले बताए ।सरकारले आगामी तीन वर्ष अर्थात् आव २०७९।८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो वर्ष लक्ष्यभन्दा कम काम हुँदा त्यसले आयोजना समयमै सम्पन्न गर्न कठिन हुनसक्ने प्रमुख केसीले बताए ।

गत आवमा रु १२ अर्ब रहेकामा सरकारले आगामी आवका लागि रु आठ अर्ब बजेट विनियोजन गरेको छ । उनले भने, “हामीले रु १४ अर्ब माग गरेकामा आठ अर्ब विनियोजन भएको हो ।”मध्यपहाडका जिल्लाको जीवनस्तर उकास्नका लागि राष्ट्रिय यातायात नीति, २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो ।

यसको ६ वर्षपछि आव २०६४।६५ बाट निर्माणको काम नै शुरु गरियो । लोकमार्गले मध्यपहाडका २५ जिल्लाका करिब ३०० बस्तीलाई जोड्दै ७५ लाखभन्दा बढी नागरिक लाभान्वित हुने विश्वास गरिएको छ ।

सडकको लम्बाइ एक हजार ७०० किमी रहेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा १० वटा नयाँ शहर विकास गर्न लागिएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले १० वटै शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो