2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो आकर्षक योजना, सामाजिक संजालको ननस्टप सेवासहित बोनस डेटा

भदौ १९, काठमाडौं । एनसेल आजियाटाले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिएर बोनस डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु भदौ १८ गते देखि संचालनमा आएका छन्। ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथमा हरेक पलमा जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको दाबी छ। योजना अन्तर्गत सामाजिक संजाल प्याक सुचारु गरेपछि त्यस प्याकको समय सीमा बाँकी भएसम्म ननस्टप सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले सात दिनको ननस्टप टिकटक प्याक करसहित १ सय २७ रुपैयाँ ६९ पैसामा एक हप्ताभरी टिकटकको ननस्टप सेवा पाउनेछन्। ती ग्राहकले अन्य प्रयोजनका लागि ४ जीबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ ।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप प्याक समेत रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार करसहित ३१ रुपैयाँ ९२ पैसामा एक दिनको समयसीमा रहेको प्याक चलाउन सक्नेछन्। ती ग्राहकले ४ जीबी बोनस डेटासहितको सात दिन अवधिको  युट्युब वा फेसबुकको कम्बो प्याक मात्र करसहित १ सय ९१ रुपैयाँ ५४ पैसामा सेवा लिन पाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको ननस्टप युट्युब प्याक करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसामा खरिद गर्न सक्छन्। बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको कम्पनीले जनाएको छ। ग्राहकले प्याक सेवा लिएपछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र कर सहित २५ रुपैयाँ ५४ पैसामा ३५०० एमबि थप डेटाको लिन सक्ने छन्।

सो डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउन प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी अफर लिन सक्नेछन्। ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत प्याक लिनसक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई