2026-10-21 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बालिकासहित दुई नेपाली महिलाको भारतबाट उद्दार

भदौ १८, परासी (रासस) एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ । 

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो । 

उद्दार गरिएकामध्ये चितवनका चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन् । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिनुभयो । 

जागिर र बिवाहको प्रलोभनमा परेर उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महीनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचविखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्दार गरिएका महिलाले बताएका छन् । उनीहरु दश महीनाअघि त्यहाँ पुगेका थिए । 

उद्दार गरिएकामध्ये २२ वर्षीय महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । उनकी बहिनी अहिले बेपत्ता छन् । १७ वर्षीय युवतीलाई पनि अर्को एक व्यक्तिले जागिर लगाइदिने प्रलोभन देखाएर बोलाएको तर एक महीनापछि भारतको बिहारका तीन जनालाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी उनीहरुले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताउनुभयो । चार वर्षीया बालिका भने २२ वर्षीया ती महिलाकी छोरी हुन् ।

विदेशमा रहेका आफ्ना दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसपछि खोजी कार्य शुरु भएको थियो । आफन्त नेपाल महेशपुरले जिल्ला प्रहरी कार्यालय परासी, सीमा प्रहरी चौकी महेशपुर, पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, भारतीय प्रहरी र भारतकै सोही क्षेत्रमा सक्रिय संस्थाहरुको  सहयोगमा उनीहरुलाई उद्दार गर्न सफल भएको हो ।  

उनीहरुलाई बेचविखन गर्न खोज्ने तीन जना भारतीयलाई भारतमै मानव बेचविखनविरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ