प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबह"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेटः प्यूठानमा माओवादी केन्द्रीय सदस्यसहित थप सात जनाको मृत्यु

१२ श्रावण २०७३, बुधबार ०९:०२

प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनकी श्रीमती विन्दु केसीको मृत्यु भएको छ । त्यस्तै घटनामा परी नारयाण केसीको मृत्यु भएको छ भने उनको श्रीमती नानुमैया केसीको उद्धार गरिएको छ । घर माथिबाट आएको पहिरोले घर बगाउँदा दोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा परी जाहेश्वर बुढाथोकी र उहाँकी श्रीमती पिमा बुढाथोकीको पनि मृत्यु भएको छ । 

त्यस्तै फोप्ली–३ मा मङ्गलबार बेपत्ता भएका खस्की पुन, रक्षानी पुन, सेतुमा पुन, शेरबहादुर पुन, कुमारी पुन र टुकमला पुनसहित १३ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको नेपाली सेवा, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा खोजीकार्य जारी राखिएको छ । 

यसैबीच जिल्लास्तरबाट उद्धार तथा राहातका लागि प्रभावकारी भूमिका नभएको भन्दै जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । आज बिहान सम्पन्न भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा दलले संयुक्त रुपमा प्रभावकारी उद्धार नभएको भन्दै सामूहिक ध्यानाकर्षण गराएको नेपाली काँग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले जानकारी दिए । 

त्यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा उद्धार तथा खोजकार्य प्रभावकारी बनाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । 

जिल्लामा महाविपत्तिनै आएको भन्दै समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले जिल्लामा उद्धार तथा खोजका लागि नेपाली सेवा, नेपाल प्रहरी लगायतको पहिचालन प्रभावकारी बनाइएको बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा यातायात र प्रभावकारी सञ्चारको अभावमा समस्या समेत भएको बताइएको छ । 

आज बिहान सम्पन्न भएको समिति बैठकले जिल्लामा हाल दिँदै आएको तीन हजार राहत रकमलाई वृद्धि गरी पाँच हजार वितरण गर्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै प्यूठानमा हालसम्म मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य