2026-10-15 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै

भदौ २१, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।  पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ । 

प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक महिनाअघि भने कूल जाँच गरिएका नमूनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिएको थियो । सङ्क्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ ।  

एक महिनाअघि सम्म कूल सङ्क्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए । यही भदौ २० गतेसम्म आइपुग्दा कूल सङ्क्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । 

यद्यपि दैनिक रुपमा सङ्क्रमित फेला पर्ने र डिस्चार्ज हुनेको सङ्ख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय सङ्क्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ ।  एक महिनाअघि कूल सक्रिय सङ्क्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो सङ्ख्या ८०९ जना पुगेको छ । कोभिड—१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय सङ्क्रमित बिरामी पनि बढी भेटिने गरेका छन् । 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको  कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रुपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रोगको सङ्क्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । यो सँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ  । 

तोकिएको मास्क प्रयोग नगरी जथाभावी रुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएमा रोगको जोखिम थप बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाका बिरामी देखिन थालेपछि धनगढी उपमहानगरपालिका–५ का दुई टोलमा सिल गरिएको छ । उपमहानगरपालिकाको पहलमा समुदायस्तरमै कोरोनाको नमूना सङ्कलन र परीक्षणसमेत भइरहेको छ । 

पछिल्लो दुई हप्तायता प्रदेशमा कोभिड—१९ को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर छ ।  प्रदेशमा मृत्यु दर हाल स्थिर देखिए पनि रोगले जटिल अवस्था ल्याउन सक्ने जोखिम यथावत् रहेको सेती प्रादेशिक अस्पताल धनगढीका ‘कोभिड—१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा शेबहादुर कमर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सङ्क्रमित हुनेमध्ये अधिकांश रोगसँग लड्न सक्ने क्षमता भएका युवा  उमेरका व्यक्ति भएको र दीर्घरोग लागेका व्यक्ति त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित नहुनुले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा जटिलता देखिएको छैन ।” सङ्क्रमित एक जनालाई दुई दिनदेखि अस्पतालको आइसियुमा राखेर उपचार व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने