लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनासँग आमने सामने

२०७७, २५ भाद्र बिहीबार १६:०९

लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त्रिक बैद्य रहेछन् उनी । धेरै दीर्ग रोगिहरु पनि त्यहाँ उनको झारफुक र तान्त्रिक औषधी खाएपछि ठिक भएको कुरा त्यही आउने विरामीहरुले पनि बताए । 

विराटनगरमै बस्दै आएका रवि दाईले पनि त्यो कुरा सुने र ती तान्त्रिक बैद्यकोमा औषधी खान जान थाले । रवि पनि दिर्गघालिन पेटको विरामी रहेछन् । धेरै डाक्टरकोमा गएर लाखौं खर्च गरेछन् तर उनको त्यो विराम निको भएको रहेनछ । जब रविले ति तान्त्रिक बैद्यको बारेमा सुने त्यो बेला सम्म कोरोना महामारी विराटनगरमा छ्याप्छ्याप्ति भईसकेको थियो । एक दिन रवि विहानै तान्त्रिक बैद्यको औषधी खान भनेर गए । उनि त्यहा पुग्दा कोहि पनि आएका थिएनन् । तान्त्रिक बैद्यले भन्दै थिए 'आजकाल कोरोना महामारीका कारण मान्छेहरु आउन छोडे ।' रबिले बैद्य सँग गफ गर्दै गर्दा एकजना विधवा जस्तो देखिने महिला त्यहाँ आई पुगिन् । बैद्यलाई आफ्नो बारेमा हेर्न लगाईन् । बैद्यले जोखाना हेरेर भने तपाईंको श्रीमानको मृत्य भएको रहेछ । ती महिला भक्कानो छोडेर रुन लागिन् । ती महिला सहित पुरै परिवार अमेरिकामा बस्दा रहेछन् । उनी चाँही काम विशेषले नेपाल आएकी रहिछन् । जब उनी नेपाल आइन, अमेरिकामा कोरोना महामारी चर्किएछ र उनको श्रीमानको अमेरिकामै त्यही कोरोना संक्रमणकै कारण मृत्य भएछ । 

उनको मार्मिक कहानी सुनेर रबि भावविह्वल भयो र औषधी बोकेर घर तिर लाग्यो । एक महिना पछि उसको औषधी सिद्धियो र रबि फेरी तान्त्रिक बैद्यकोमा विहानै गयो । ऊ विहानै बैद्यकोमा पुग्दा घरको गेट पुरै लागेको थियो । रबिले गेट खोल्यो, भित्रवाट चुकुल लगाएको रहेनछ, ऊ गेट खोलेर के भित्र मात्र छिरेको थियो, तीन/चार जना मान्छे कराउँदै आए, ए हुँदैन हुँदैन, भित्र आउँनु हुँदैन, बाहिर गईहाल्नुस् । रबि झसंग झस्कियो र हतार-हतार गेटबाट बाहिर निस्कियो । त्यो घरका बैद्य सहित त्यहाँ कराउँदै आउने मान्छेहरु सबै कोरोना संक्रमित भईसकेका रहेछन् । त्यो घर सिल गरेको रहेछ । 

जीवनमा पहिलो पल्ट रबि कोरोना संक्रमितसँग आमने-सामने भएको थियो, उसको होशले ठाउँ छोडिसकेको थियो । उसलाई लाग्यो – उ कोरोना संक्रमित भईसकेको छ, रबिले चारैतिर अँध्यारो देख्यो, रबिलाई लाग्यो उ नरकको खाडिमा हाम फालिसकेको छ । रबि हतार-हतार दौडेर घर पुग्यो, पुरै नुवाई धुवाइ गर्‍यो । हात जीउभरी सेनिटाइजर दल्यो र आफुलाई सम्हाल्दै आफ्नो नियमित काममा ब्यस्त हुने प्रयास गर्न थाल्यो । रबि बिरामीनै भए पनि आत्मबल दरो भएको कारण उसलाई कोरोनाले छुन सकेन । त्यसैले आत्मबल दह्रो बनाउँ, सुरक्षित बसौं, सामाजिक दुरी कायम गरौं, आफुलाई कमजोर नसोचौं । सबैको जय होस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा