Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सीटीईभीटीले ३०६७ जनालाई छात्रवृत्ति दिँदै, आवेदन आह्वान (सूचनासहित)

By साझासवाल 3 मिनेट पढाइ

भदौ २६,  काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकरण (निःशुल्क) छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले शुक्रबार गोरखापत्रमा एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका लागि असोज १९ भित्र आवेदन दिन सूचित गरेको छ ।

सीटीईभीटीका अनुसार सीटीईभीटीकै आंगिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरुमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्नाका हुने विद्यार्थीहरुको संख्या जतिसुकै भएतापनि प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई कोटा संख्यामा छात्रवृत्ति दिइनेछ । जसअनुसार २० स्वीकृत कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा १, ३० मा २, ४० मा ३ र ४८ मा ४ जनाले निःशुल्क छात्रवृत्ति पाउनेछन् ।

परिषद्का अनुसार हालसम्म प्राप्त विवरणअनुसार ७ वटै प्रदेशमा गरी निशुल्क कोटाको कुल संख्या ३ हजार ६७ रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३४८, प्रदेश २ मा ४०६, बागमतीमा ८९४, बाममतिमा २५६, प्रदेश ५ मा ५२६, कर्णाली प्रदेशमा २८५ र सुदूरपश्चिम प्रदेशमा ३४३ जनाको कोटा रहेको छ । त्यसमध्येबाट आरक्षणतर्फ समेत निश्चित कोटा छुट्याइएको छ ।