2026-08-31 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु

भदौ २७, चितवन (रासस) । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ । ती  मध्ये १६  चितवनका रहेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको  । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको हो । 

चितवनका १६  मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३ , गोर्खा र कैलालीका १/१ जनाको कोरोनाबाट  मृत्यु भएको हो । जिल्लाको सबै भन्दा वढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र  राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमा नै मृत्यु भएको हो । 

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ४३ पुगेको छ । ती मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आजसम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभयो । 

यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६  र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ । सङ्क्रमित मध्ये हाल सम्म २ सय ९९ जना निको भएर घर फर्किसकेका उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन् ।

भरतपुर अस्पतालले सञ्चालन गरेको  कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १ सय ३० जनाको परीक्षण गरिएको छ । ती मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्किएका छन् । हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार