2026-10-21 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु

भदौ २७, चितवन (रासस) । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ । ती  मध्ये १६  चितवनका रहेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको  । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको हो । 

चितवनका १६  मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३ , गोर्खा र कैलालीका १/१ जनाको कोरोनाबाट  मृत्यु भएको हो । जिल्लाको सबै भन्दा वढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र  राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमा नै मृत्यु भएको हो । 

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ४३ पुगेको छ । ती मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आजसम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभयो । 

यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६  र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ । सङ्क्रमित मध्ये हाल सम्म २ सय ९९ जना निको भएर घर फर्किसकेका उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन् ।

भरतपुर अस्पतालले सञ्चालन गरेको  कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १ सय ३० जनाको परीक्षण गरिएको छ । ती मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्किएका छन् । हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ