2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाद्वारा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध

असोज ३, काठमाडौं । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ ।

वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटकचाहिँ चलाउन पाइनेछ ।

एक लिखित वक्तव्य जारी गर्दै मन्त्री रोसले भनेका छन्, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपहरुसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ । यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ ।’

अमेरिकी सरकारका अनुसार उसको आदेश, जुन यसअघि गत अगष्टमा राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए, त्यसले अमेरिकी नागरिकका व्यक्तिगत डाटा संग्रहित गर्ने चिनियाँ खतरनाक कार्यसँग जुध्न सहयोग गर्नेछ ।

सरकारी आदेशले टिकटकको अमेरिकास्थित व्यवसाय खरीद गर्ने ओरेकल कम्पनीको हालैको सम्झौताप्रति समेत प्रश्न उठाएको छ । यद्यपि ओरेकल र टिकटकबीच भएको भनिएको खरीद–बिक्री सम्झौताको विस्तृत विवरण सार्वजनिक भैसकेको छैन ।

गत सोमबार ओरेकलले टिकटक खरीदको दौडमा आफूले जित हात पारेको खुलासा गरेको थियो । यद्यपि टिकटक खरीद गरेको हो वा स्वामित्व ग्रहण गरेको भन्नेबारे खुलाइएको छैन ।

१ करोड अमेरिकी टिकटक प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु टिकटकले दुरुपयोग गरेको र चिनियाँ सरकारको स्वार्थमा प्रयोग गरिएको आरोप अमेरिकाले लगाउने गरेको छ । तर टिकटकले भने अमेरिकी टिकटक प्रयोगकर्ताका डाटा चीनमा संग्रहित नहुने भन्दै प्रयोगकर्ताका डाटाहरु सरकारलाई नदिने प्रष्ट पारेको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई