2026-10-15 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

असोज ७, कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् ।

कृषि विकास निर्देशनालय दिपायलको रु २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएका छन् ।

स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुने/नहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने/नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने निर्देशनालयका सूचना अधिकारी टेकबहादुर विष्टले बताउनुभयो ।

जलवायु घटनाक्रमको आँकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने व्यवस्थासमेत रहेको छ । उहाँले भन्नुभयो, “किसानलाई बाली उत्पादनमा सघाउ पुर्याउने उद्देश्यले मौसमसम्बन्धी उपकरण जडान गरिएका हुन् ।”

किसानले लगाएको बालीमा हुनसक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पुर्याउने उहाँको भनाइ छ । वर्षभरिको विवरण केन्द्रमा जडान गरिएका उपकरणका माध्यमबाट सुरक्षित गर्न सकिने भएकाले कुन मौसममा कुन बाली लगाएर बढी उत्पादन लिन सकिन्छ भन्नेबारे जानकारी किसानलाई दिन सकिने हुन्छ ।

“केन्द्रमा जडान गरिएका उपकरणले तापक्रम र सापेक्षित आद्रताबारे जानकारी दिने भएकाले बालीमा रोग किरा लाग्ने/नलाग्नेबारे अनुमान लगाउन सहज हुन्छ”, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भन्नुभयो, “किसानले लगाएको बालीलाई रोग किराबाट जोगाउन समेत मद्दत मिल्ने छ ।” मौसमजन्य प्रकोपबाट हुने क्षति कम गर्न केन्द्रले सघाउ पुर्याउने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने