२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविको रोकिएको परीक्षा छठपछि, कसको परीक्षा कहिले ?

११ आश्विन २०७७, आईतवार ०२:५३

असोज ११, काठमाडौँ | त्रिविले कोरोनाका कहरका कारण परीक्षाहरु रोक्दै र म्याद सार्दै आएको छ । यसैबीच त्रिविले आफ्ना रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने जनाएको छ । त्रिविले परीक्षा सञ्चालनको लागि आवश्यक तयारीको लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको जनाएको छ ।

त्रिविले छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने समेत निर्णय भएको छ । यसका लागि आवश्यक पत्राचार समेत गरिएको छ । 

परीक्षार्थीले आफ्नो घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था मिलाउने र भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ । योजना अनुसार त्रिवीले परीक्षा लिनको लागि भौतिक रुपमा विद्यार्थीलाई उपस्थितनै गराएर परीक्षा लिने तयारी गरेको छ । कोरोना महामारी जारी रहंदा सुरक्षा सतर्कता अपनाएर परीक्षा लिने तयारी गरिएको त्रिविले जनाएको छ । 

त्रिविले परीक्षाको लागि यस अघिनै फारम भरेका विद्यार्थीहरुको परीक्षा पहिलो चरणमा हुने जनाएको छ । त्यसपछि बाँकी विद्यार्थीको परीक्षा हुनेछ । त्रिविको योजना अनुसार आउँदो माघसम्ममा सबै परीक्षा सम्पन्न गरेर फागुन र चैतमहिनादेखि पढाइ सुरु गर्ने तयारी गरिएको छ । 

यसै बीच कोरोना महामारीले जस्तोसुकै स्थिति लिन सक्ने भन्दै महामारी भयावह भएको अवस्थामा तोकिएको र योजना अनुसारको मितिमा परीक्षा नहुन पनि सक्ने त्रिविले जनाएको छ । कोरोनाको जोखिम कायम रहेकाले आगामी दिनको जोखिमका आधारमा परीक्षा लिने/नलिने निर्धारण हुनेछ तर हालको अवस्था कायमै रहे परीक्षा हुनेछ । यसअघिनै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । परीक्षा गर्ने भनिएको समयमा सक्रिय संक्रमितको संख्या बढेको अवस्था र लकडाउन गर्ने निर्णय भएमा सरकारको निर्देशन अनुसार परीक्षा अवरोध वा संचालन जे पनि हुनसक्ने बताइएको छ । साथै परिस्थिति अनुसार बिज्ञहरुसँग छलफल गरेर परीक्षा कसरी गर्ने भन्नेबारे अर्को नीति लिन सकिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य