2026-07-26 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

असोज ११, सुदूरपश्चिम । कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ । 

सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण गर्न विद्यार्थीको वर्गीकरण र अभिलेखिकरणको काम भइरहँदा कस्तो विधि अपनाउन उपयुक्त हुन्छ भन्नेमा टुङ्गोमा पुग्न नसक्दा विद्यालय प्रशासन, शिक्षक र अभिभावकमा अन्योल देखिन थालेको हो । यद्यपि कतिपय विद्यालयले भने समाजिक दूरी कायम राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पठनपाठन शुरु गरिसकेका छन् ।

सिकाइका वैकल्पिक विधिबारे आआफ्नो अनुकूल हुने सुझाव अभिभावक र शिक्षकबाट आउन थालेपछि कुन विधि उचित हुन सक्छ भन्नेमा टुङ्गो लगाउन अलमल हुँदा अन्योल देखिएको कैलाली विद्या निकेतन धनगढीका प्राचार्य टोपेन्द्र शाहले बताउनुभयो । “बझाङ घर भएका आफ्नो विद्यालयका एक अभिभावकले बझाङमै पुगेर बच्चालाई पढाइदिन आग्रह गर्नुभयो”, प्राचार्य शाहले भन्नुभयो, “अपनाउन सकिने सिकाइ विधिका लागि अभिभावकमा भर पर्नुपर्ने भएकोले उहाँहरू तयार नहुँदासम्म कुनै पनि विधिबाट सिकाइ गर्न सम्भव देखिँदैन ।”

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकालाई कार्यान्वयनमा लैजान स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयमा परिपत्र गरेका छन् । परिपत्रबमोजिम विद्यालयहरूले विद्यार्थीको अभिलेखिकरण र वर्गीकरण गरी वैकल्पिक शिक्षा प्रणाली अपनाएर विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

कोरोना सङ्क्रमण फैलिन नदिन एकातिर कतिपय जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइनसकेको अवस्थामा भीडभाड गरेर विद्यालयमा पठनपाठन सञ्चालन गर्न नमिल्ने र अर्कोतर्फ स्थानीय तहका सरकारले विद्यार्थी सिकाइको सहजीकरण गर्नका लागि कार्ययोजना मागेको अवस्थामा वैकल्पिक विधि अपनाउन अन्योल देखिएको उपप्राध्यापक डा. टिएन जोशीले बताउनुभयो । “वैकल्पिक शिक्षा प्रणाली के अपनाउने, कसरी पठनपाठन सञ्चालन गर्ने भन्नेमा उत्पन्न अन्योलसँगै चुनौती देखिएको छ”, उहाँले भन्नुभयो, “पठनपाठन शुरु गर्दा बढ्न सक्ने कोरोनाको जोखिमको जिम्मेबारी कसले लिने भन्ने प्रश्न पनि उठ्न थालेको छ ।”

वैकल्पिक विधि छनौट गर्दा टोलटोलमा शिक्षक खटाएर शिक्षण सिकाइ गर्नु पर्ने विकल्प सहज हुनसक्ने एक थरीको तर्क छ । अनलाइनमार्फत् ‘भर्चुअल’ विधिको प्रयोग गरी शिक्षण सिकाइ गर्ने विधि बढी खर्चिलो हुने मात्र नभई अनलाइन सबैको पहुँचमा पुग्न नसकेको अवस्थामा पालैपालो थोरै विद्यार्थीलाई विद्यालयमा बोलाएर सिकाइ गर्ने विधि सहज हुनसक्ने अर्को थरीको मत देखिन्छ ।

छ महिनादेखि बन्द रहेका विद्यालय सञ्चालनको तयारी भइरहँदा विद्यालय जान नपाएका छात्रछात्रा भने खुशी देखिएका छन् तर कोरोनाको जोखिमका कारण उनीहरूमा मनोवैज्ञानिक त्रास पनि उत्तिकै बढ्ने देखिएको छ । क्वारेन्टाइनको रूपमा प्रयोग गरिएका विद्यालयमा शंकास्पद कोरोना सङ्क्रमितलाई राखिएकाले विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन सञ्चालन गर्ने योजनाले कोरोना सल्किने त होइन भन्ने मनोवैज्ञानिक त्रास पनि रहेको एक विद्यार्थी रमेश ओझाले बताउनुभयो । “पठनपाठन सञ्चालन गर्ने पहलले विद्यार्थी खुशी नै छन्”, ओझाले भन्नुभयो, “तर कोरोनाको त्रास हटिनसकेकोले समस्या आउँछ कि भन्ने छ ।”

 धननगढी उपमहानगरपालिका कार्यालय शिक्षा शाखाका अधिकृत महादेव जोशी भने अहिलेको अवस्थामा समाजिक दूरी कायम राखेर स्वास्थ्य सुरक्षाका मापदण्डसहित थोरै विद्यार्थीलाई पालैपालो विद्यालयमा बोलाएर अध्यापन गराउनु नै उत्तम विकल्प हुनसक्ने बताउनु हुन्छ ।

शिक्षक लेखराज ओझा विद्यार्थीको अभिलेखिकरण र वर्गीकरण गरेर विद्यालयमा पालैपालो थोरै विद्यार्थीलाई बोलाएर पठनपाठन शुरु गर्दा उपयुक्त हुने बताउनुहुन्छ । ठेकराज माध्यमिक विद्यालय धनगढीका शिक्षक ओझाले भन्नुभयो, “विद्यालयमा विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी समाजिक दूरी कायम गरेर अध्यापन गराउने तयारी गरेका छौँ ।”

कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिनादेखि विद्यालय बन्द रहेपछि विद्यार्थीको  पठनपाठन अवरुद्ध छ भने तलब पारिश्रमिक पाउन नसकेर निजी क्षेत्रका विद्यालयका अधिकांश शिक्षकले बेरोजगार हुनुपरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली