2026-09-19 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने

असोज ११, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ । 

आधिकारिक बिक्रेता छनोटका लागि विसं २०७७ साउन २२ गते प्रथम पटक र भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकामा थियो । निर्धारित सर्तका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता भएको छ । 

सम्झौता पत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गर्नुभएको छ । प्रा उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायत विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पुर्याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।

मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशन सम्झौता बमोजिम नै देशका सबै भागमा र विदेशमा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई