Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बागमती प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्नै पाएन

२०७७, १४ आश्विन बुधबार १५:१३

असोज १४, हेटौंडा । बागमती प्रदेश सरकारले स्थानीय तहमा र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि भनेर प्रदेश लोकसेवा आयोग गठन गरेपनि सरकारलेनै कर्मचारी भर्ना गर्ने बाटो खोलीदिएको छैन । प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न सक्ने स्पष्ट व्यावस्था छ । तर, प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका बिभीन्न मन्त्रालयमा कार्यरत संघीय कर्मचारीको असहयोगका कारण कर्मचारी भर्ना गर्नका लागि समस्या भएको हो । लोकसेवा आयोगलाइ अहिले सम्म कर्मचारी भर्नागर्ने अधिकारनै दिइएको छैन । प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार नदिदा संघीय सरकारले कर्मचारी भर्ना गरेर प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा समेत कर्मचारी पठाइरहेको छ ।

प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार हुँदा समेत बागमती प्रदेश सरकार र स्थानीय तहले दरवन्दी माग नगर्दा लोकसेवा आयोगले कर्मचारी पदपुर्ति गर्न थप समस्या परेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताउनुभयो । सरकारी सेवा र अन्य सेवाका कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न सङ्घीय संसदले कर्मचारी समायोजन ऐन, २०७५ बनाएको र उक्त ऐनको दफा १२ बमोजिम प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दी भित्रका अत्यावश्यक रिक्त पदमा पदपूर्ति गर्नु पर्ने कुराको स्पष्ट व्यवस्था गरेको छ। तर पनि प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना गर्ने अधिकार प्राप्त नभइसकेको उहाँले वताउनुभयो ।

नेपाल सरकार मन्त्रिपरिषद् को २०७६ जेठ ६ गतेको निर्णय अनुसार प्रदेश लोक सेवा आयोग गठन नभएको अवस्थामा मात्र कर्मचारी भर्ना गर्न पाउने भनिएको छ । तर, प्रदेश लोकसेवा आयोगको अधिकार खोस्नेगरी संघीय सरकारले विभिन्न स्थानीय तहहरूमा रिक्त अधिकृत छैठौँ, सहायक पाचौँ र चौथो तहका ९ हजार १ सय ६१ पदमा लोक सेवा आयोगबाट स्थायी पदपूर्ति गरिसकेको उहाँले वताउनुभयो । कानूनी आधार हुँदाहुदै पनि स्वीकृत रिक्त स्थायी दरबन्दीहरू पदपूर्तिका लागि प्रदेश सरकार र स्थानीय तहहरूबाट माग भई नआएको अवस्था रहेको प्रदेश लोकसेवा आयोगले जनाएको छ। यस विषयमा धेरै पटक छलफल भई पत्राचार हुँदा समेत स्थायी पदपूर्तिका लागि प्रदेश सरकार सहमत हुन नसक्दा प्रदेश लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्न सकेको छैन। यसरी लामो अवधिसम्म रिक्त पदहरूमा स्थायी पदपूर्तिमा चासो नदिनु गम्भीर विषय बन्न पुगेको छ। जसबाट प्रदेश सरकार र स्थानीय तहको काम कारबाहीमा प्रत्यक्ष असर परी जनताले पाउनु पर्ने सेवा र काम कारबाहीमा नकारात्मक सन्देश गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै