२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

२०७७, १७ आश्विन शनिबार १५:३४

असोज १७, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२,  झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका तीन/तीन र धनकुटाका एक जना छन् ।यसैगरी थपिनेमा प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च रहेको छ । पछल्लो तीन दिनदेखि यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४३२ पुगेको छ । तीमध्ये तीन हजार ७२५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्ममा एक लाख २६ हजार ८९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी