२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुन्छ: मन्त्री भट्ट

२०७७, १८ आश्विन आईतवार ०२:२९

असोज १८, बैतडी | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताउनुभयो । 

उहाँले  भन्नुभयो, “अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ”, मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए यहाँ उद्योग नै स्थापना गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।”

दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको हो । यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि बैतडीको दोगडाकेदार पुगेको थियो । गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । फस्फोराइड खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो