2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासङ्घको नयाँ कार्यसमितिका दुई वर्ष उपलब्धिमूलक

मीना घोरसाइने । असोज १९, काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले दुई वर्षअघि नयाँ कार्यसमिति पाएको थियो । अध्यक्ष भारती पाठकको कार्यसमिति बनेसँगै वन ऐन २०७६ मा समुदायको अधिकार स्थापित र उत्पादनमा सामुदायिक वनको क्षति परिचालनमा जोड दिइएको थियो । त्यस्तै महासङ्घले समुदाय मैत्री वन नीति तयार पारेको थियो । 

अन्य उपलब्धिमा सामुदायिक वनमा सङ्घीय सरकारले साल र खयरमा विगत २० वर्षदेखि लगाउँदै आएको १५ वटा शिर्षकमाथिको कर खारेज गरिएको थियो । जसबाट प्रदेश नं १ मा साल खयरबाहेक सामुदायिक वनको आम्दानीमा अन्य प्रजातिमा लगाइएको कर खारेज भएको थियो । 

नयाँ कार्यसमिति गठन भएसँगै सामुदायिक वनमा इआइए र आइईको व्यवस्था हटाएर सामुदायिक वनलाई काम गर्ने सहज वातावरण निर्माण भएको थियो । त्यस्तै वैज्ञानिक वन व्यवस्थापनले समुदायको अधिकार कटौतीमा पारेको प्रत्यक्ष प्रभाव अध्ययन गरी दिगो वन व्यवस्थापनका लागि छानबिन समितिको सिफारिस भएको थियो । 

त्यसैगरी सामुदायिक वन उपभोक्ता समूहलाई तीनै तहका सरकारमार्फत हरित उद्यमका लागि बजेट विनियोजन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको २४ वर्ष पूरा गरी २५ वर्ष प्रवेशका सन्दर्भमा आगामी २५ वर्षे रोडम्याप तयार पारेका छौँ ।” दिगो विकास लक्ष्यको स्थानीयकरण र सामुदायिक वनलाई उद्यमशीलतामा लैजान नीति कार्यक्रम र योजना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोभिड–१९ महामारीको विषम परिस्थितिमा पनि देशभरिका सामुदायिक वन उपभोक्ता समूहलाई समन्वय गरी जनचेतना वृद्धि, क्वारेन्टिनका लागि एक हजार ४०० सा.व. भवनको तयारी र समूह वा सामुदायिक वनका सदस्यमार्फत  सेफ्टी सामग्री, खाद्यान्न र रकम समूह आफैँ तथा स्थानीय सरकारमार्फत सहयोग वितरण गरिएको छ । 

यससँगै सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू गर्ने भनी उपभोक्ता समूहको स्वायत्तता समाप्त हुनेगरी वन कार्यालय, काठ व्यवसायी र अन्य बाह्य विचौलिया पक्षको निरन्तर हस्तक्षेप भएको थियो । 

त्यसैगरी सामुदायिक वनको अधिकार कटौती हुनेगरी निरन्तर रुपमा विभिन्न किसिमका संरक्षित क्षेत्र (निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, वातावरण संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र) को घोषणा भइरहेको छ । वन उद्यम तथा पर्यापर्यटन लगायतका काम गर्नमा सरकारी निकायबाट सहजीकरणको कमीका कारण विभिन्न अवरोध सृजना भइरहनु महासङ्घको चुनौती रहेको अध्यक्ष पाठक थप्नुहुन्छ । 

त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको क्षमता विकास र सुशासन प्रवद्र्धनका लागि सहयोगको अभाव, सामुदायिक वन माथि तेहोरो कर, तीन तहका सरकारबीच समन्वय अभाव, राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा समुदायको अधिकारविहीन र मानव अधिकारको हनन भइरहेको महासङ्घका महासचिव बिर्ख शाहीको जिकिर छ । 

सामुदायिक वनले पुर्याएको योगदानको सरकारसँग अभिलेखीकरण नहुनु बिडम्बना भएको उहाँले बताउनुभयो । उहाँका अनुसार समूहमा अधिकारको म्यापिङ सूचीकृत, दस्तावेज नहुनु, वन क्षेत्रको सीमाङ्कन प्राप्त नहुनु, सामुदायिक वन उपभोक्ता समूहको डाटाबेस सिस्टम नभएकाले अनुगमन मूल्याङ्कन स्वमूल्याङ्कनमा कठिनाइ र सामुदायिक वनको आन्तरिक वन पैदावार परिचालनमा रोक लगाइनु आदिले महासङ्घमा अवरोध सिर्जना भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले