2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

असोज २०, काठमाडौँ | चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो । 

उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई  अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ ।  सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत  गरिएको छ । 

सोही अभियान अन्तरगत केही दिन अघि प्रहरीले मिति सकिएको रु चार करोड बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर विक्री गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही असोज १८ गते काठमाडौँ महानगरपालिका १४ कलङ्की स्थित प्रविणकुमार बन्कासहितका व्यक्तिले सञ्चालन गरेको एएसटी कम्पनीमा मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजार लैजाने तयारी गर्दैगर्दा सात जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारवाहीका लागि पठाइएको छ । 

त्यसको दुई दिन अघि पनि यस्तै गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताउनुभयो । उहाँका अनुसार मिति सकिएका सामग्रीमा नयाँ मिति राखेर विक्री वितरण गर्न लागेको सूचना आएपछि काठमाडौँको कलङ्की र बाफल क्षेत्रमा खोजी गर्दा अबैध क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरिएको थियो । 

उनीहरु पनि  मिति सकिएको सामग्रीमा नयाँ मिती राखेर विक्री वेचविखन गर्ने तयारी गरिरहेका बेला पक्राउ परेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले