२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार महिनादेखि सडक सम्पर्क बिच्छेद

२२ आश्विन २०७७, बिहीबार ०५:११

असोज २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताउनुभयो ।  

बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ । आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ । 

भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो । हाल चालू रहेको एउटा मात्रै थामडाडा–मरेक–छेपारे–मुसुङ–भकिम्ली सडकमा नियमित गाडी चल्दैन् । पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो । सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताउनुभयो । मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ । पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताउनुभयो । घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित भएका छन् । 

हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अबरोध गरेको वडा अध्यक्ष पदम पुन बताउनुहुन्छ । “यो पहिरोले हाम्रो विकासको गतिलाई ब्रेक लगाएको छ”, उहाँले भन्नुभयो, “बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरी सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन शुरु गरेका छौँ ।”

भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ । पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ । भकिम्लीलाई यातायात सञ्जालमा जोड्न बैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताउनुभयो । भिरालो पाखो चिरा–चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताउनुभयो ।  

“करिब डेढ किलोमिटर दूरीको लम्बाई र एक किलोमिटर दूरीको चौडाइको पाखो छियाछिया भएको छ”, उहाँले भन्नुभयो, “गाउँको नजिकै आइपुगेको पहिरोले घरको पर्खाल चर्किन थालेपछि हलेगौडाका सात परिवार बिस्थापित भएका छन् ।” हलेगौडाका ३१ घर पहिरोको उच्च जोखिममा परेका छन् । रनबहादुर घर्ती, नरबहादुर घर्ती, रनबहादुर रोका, तिलबहादुर घर्ती, खिममाया रोका, नरदेवी रोका, सोचेन्द्र रोका, गङ्गाबहादुर रोका, कर्णबहादुर रोका र चन्द्रबहादुर रोकाको परिवार बिस्थापित भएका छन् । 

रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको बिस्थापित सोचिन्द्र रोकाले बताउनुभयो । “दिनमा दश/पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ”, उहाँले भन्नुभयो, “एउटै बारीको पाटा तल र माथि भएका छन् ।” नरबहादुर रोकाको कुखुरा फर्म भत्किएको छ । तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैँचा पहिरोमा बगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने