2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका जानको लागि डिभीको आवेदन खुल्यो, हेर्नुहोस् आवेदन दिने तरिका

असोज २२, काठमाडौं । अमेरिका जानको लागि डिभी कार्यक्रमको आवेदन बुधबारबाट खुलेको छ । सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नेपालमा स्थानीय समयानुसार बुधबार रातको ९:४५ बजेदेखि आवेदन खुलेको हो  । 

डिभीमा २०७७ कार्तिक २५ रातको १०:४५ बजेसम्म आवेदन दिन सकिने छ ।  नेपाल स्थित अमेरिकी दुतावासले डि.भी. आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गरेको छ। दुतावासले डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क नलाग्ने भएकोले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दुतवासले आग्रह गरेको छ । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि स्वयम् जिम्मेवार हुनु पर्ने जिम्मेवार हुने दुतावासले जनाएको छ।

आवेदकहरूले दर्ता अवधिमा dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ । आवेदन खुलेपछि मात्र क्लिक गर्ने अप्सन आउने छ ।  आवेदन दर्ता गर्दा आवेदकले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु पर्ने ब्यबस्था छ  । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने नियम छ । 

एक जना आवेदकले एउटा मात्र आवेदन बुझाउनु पर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने नियम छ । त्यस्तै अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्ने र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्ने दुतावासले जनाएको छ । साथै फोटो खिच्दा आवेदकले चश्मा लगाउन नपाइने नियम छ।

दुतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ । त्यस्तै दुतावासले आवेदन दिएपछि पाइने आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्न आग्रह गरेको छ  । यो नम्बर नै डिभी परे नपरेको चेक गर्ने एक मात्र तरिका हो । दुतावासले आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन आग्रह गरेको छ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन । २०७८ वैशाख २५ वा त्यसपछि dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गरी आफुलाई डि.भी. परे नपरेको हेर्न सकिन्छ ।

डि.भी. का लागि छानिँदैमा भिसा पाईन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । भिसाका लागि अन्तर्वार्ता हुन्छ । अन्तर्वार्ताको समयमा कन्सुलर अफिसरले आवेदकसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । त्यसपछि मात्र भिसा पाईने निर्क्योल हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई