2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’ युटुवमा (भिडियो)

असोज २२, काठमाडौं । ‘बाँसैको चोयाले’ वोलको लोक तथा दोहोरी गीत युटुवमा सार्वजनिक भएको छ ।

चर्चित गीतकार, संगीतकार तथा लोक तथा दोहोरी उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालको शब्द तथा संगीतमा ‘बाँसैको चोयाले’ वोलको गीत तय भएको हो ।

गीतमा कल्चरल ताथ चर्चित गीत ‘फूल जस्तै’का गायक बल बहादुर गुरुङ (बिबि) र कल्चरल गायिका मनमाया वाईवाको सुमधुर स्वर रहेको छ ।

यो गीत बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य हो । यस अघि उनीहरुको सहकार्यमा ‘फुलजस्तै’ बोलको गीत सार्वजनिक भएको थियो । 

हाल सार्वजनिक ‘बाँसैको चोयाले’ बोलको गीतको कोरस भोकलमा गायिका गीता सेन्चुरी, सरु थापा, गायक गंगा पुन, सुखदेव अधिकारीले स्वार दिएका छन् । गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीलाई सुमन रानाले टेक लिएका हुन् भने मास्टरिङ तथा मिक्सिङ कुमार रानाले गरेका हुन् ।

‘बाँसैको चोयाले’को म्युजिक भिडियोतर्फ पुरानै टीम दोहोरीएका छन् । जसमा निर्देशक मौसम हिमालीले भिडियोलाई निर्देशन गरेका छन् । हिमालीले अघिल्लो गीत ‘फूल जस्तै’मा पनि निकै उत्कृष्ट निर्देशन गरेका थिए ।

निर्देशक हिमालीले मोडलद्वाय निर आले र रुबिना अधिकारीलाई छमछमी नचाएका छन् ।

म्युजिक भिडियोलाई चर्चित छांयाकार करन चैसिरले छांयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । 

यस ‘बाँसैको चोयाले’ वोलको गीतलाई बिबि गुरुङ युट्युव च्यानलबाट सम्पुर्ण दर्शक तथा स्रोतामाझ सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई