२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको मृत्यु

२२ आश्विन २०७७, बिहीबार १५:२४

असोज २२, भक्तपुर (रासस) । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा आज स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो । 

बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते  योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र  उपचारका क्रममा आज मृत्य्ु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिनुभयो ।

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । कुटपिटपछि फरार  दुई व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै