शरद शर्मा/साउन १४, काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शरद शर्मा/साउन १४, काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयम"/>
२०८२, १३ फाल्गुन बुधबार
काठमाडौँ - KTM

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

२०७३, १४ श्रावण शुक्रबार ११:२२

शरद शर्मा/साउन १४, काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । 

अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । 

विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । 

अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडाँै आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो । 

अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् । 

अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन् । ‘‘कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’ उनले भने–‘‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’’ 

सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फुर्यो । घरमै फालिएको काठ, ट्युव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए । 

‘‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’’ उनले भने–‘‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट एक्जाभेटर बनाउन सफल भएँ ।’’ 

अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ । सानैदेखि खेलौना गाडी चलाउने मन पराउने अमन कक्षा– ४ मा गइसकेपछि बुबाले किनिदिएको खेलौना गाडीले नै अहिलेका उपकरण बनाउने प्रेरणा बनेको बताउँछन् । 

उपकरण बनाएको देखेर कक्षामा सधै प्रथम हुने छोरोको पढाइ बिग्रिएला भनेर बुबा आनन्दराज पौडेलले गाली पनि गरे । 

‘‘पछि छोराले आफ्नो स्कुलमा एक्जाभेटर बनाएको देखेपछि मैले पनि उसको कामलाई सहयोग गर्दै आएँ’’ बुबा आनन्दले भने । अहिले जमिन र पानीमा हिँड्ने ब्याट्रीबाट चल्ने रोबोट भित्ता र आकासमा उड्ने समेत बनाउन सकिन्छ । ‘‘अहिले जमिन र पानीमा हिँड्ने रोबोट चुम्बक प्रयोग गर्ने हो भने भित्ता र पङ्खा रोबोटमा राख्ने हो भने आकासमा पनि उड्छ’’ उनले भने । 

अमनले ‘लिक’ बिनाको साधारण बाटोमा हिँड्ने ब्याट्रीबाट चल्ने रेल बनाएका छन् । ‘‘नेपालजस्तो रेलको लिक नभएको सडकमा पनि चल्नेसक्ने रेल भए सजिलो हुन्छ भनेर मैले त्यस्तो साधारण बाटोमा पनि चल्नसक्ने रेल बनाएको हुन् ’’ उनले रेल प्रदर्शन गदै भने–‘‘यो रेल सामान ढुवानीमा बढी उपपयोग हुनसक्छ ।’’ 

अमनले थप पानी तान्ने पम्प, टिपर, विद्युत् डाइनामो, केवलकार, हेलिकप्टर, ग्यास लाइट, एसी, हाइड्रोलिक ब्रेक, चुम्बकीय क्रेनजस्ता नयाँ उपकरण बनाउने तयारीमा रहेको बताए । 

उनले सरकारले आफूले बनाएको उपकरणमा सहयोग गरे आफ्नो सामग्रीलाई विश्वमा पनि प्रदर्शन गराउने सोच सुनाए । बुबा आनन्दले छोराले बनाएको वैज्ञानिक उपकरणलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अमनलाई सरकारले सहयोग गर्नुपर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा