2026-10-15 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीद्वारा १६ फरार प्रतिवादी पक्राउ

असोज २३, कर्णाली (रासस) । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा यो चार दिनभित्र १६  फरार प्रतिवादी पक्राउ गरेको हो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट लागुऔषध, चोरीका तीन/तीन, वन मुद्दाका दुई, कर्तव्य ज्यान र नागरिकता कीर्ते मुद्दाका एक÷एक जना गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यसैगरी जिप्रका जुम्लाबाट लागुऔषध, लुटपाट र चौपाय चोरीका एक÷एक र डोल्पाबाट केही सार्वजनिक अपराध, कालीकोटबाट चोरी र जिप्रका दैलेखबाट अंश दर्ता मुद्दाका एक÷एक गरी छ फरार पक्राउ परेको प्रवक्ता बाँस्तोलाले बताउनुभयो । पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्लाका जिल्ला अदालतसमक्ष पेश गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तीन फरार प्रतिवादी पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल डेढ वर्षपछि पक्राउ परेका छन् । बस्याललाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते सात महिना कैद सजाय तोकेको थियो । 

सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गी पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते रु दुई हजार जरिवानाको फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कँडेल पक्राउ परेका छन् ।

निजलाई जिल्ला अदालतले विसं २०७३ असोज १० गते रु ५०० जरिवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । 

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको छ । 

५५० गाँजाका बोट नष्ट

प्रहरीले ५५० गाँजाका बोट नष्ट गरेको छ । देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो । देवघाट गाउँपालिका–२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको ४५० गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै भीमाद नगरपालिका–१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको १०० गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने