१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरनिको राजमार्गको स्तर सुधार

२६ आश्विन २०७७, सोमबार १०:४२

असोज २६, सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे गरिने भएको  छ ।बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिव्रता पाएसगैँ  रू १० करोडको लागतमा अस्फाल्ट सामग्री प्रयोग गरी  कालोपत्रे गर्न लागिएको हो ।

पहिले यस्तो प्रविधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटना यस राजमार्गमा हुँदै आएको थियो । अस्फाल्ट प्रविधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अवधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिनुभयो । सोही राजमार्गको खाडीचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ ।

राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भविद्हरूको  अध्ययन प्रतिवेदनपछि मात्र  उच्चप्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राबिधिकहरूको सुझाव छ ।कोठे र जुरेमा मात्रै बार्षिक करोडौं रुपैँया सडक मर्मतमा खर्च भएपनि वर्षाअघि बनाइएका संरचनाको बर्षापछि कुनै निसान नै नरहने समस्या  छ  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु