2026-08-31 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगर झिलीमिली बन्दै

असोज २७, चितवन | भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ । 

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी रु ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी महानगरलाई झिलीमिली शहरको बनाउन लागिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि बोलपत्र स्वीकृत भइसकेको जानकारी दिनुभयो । गएको शनिशार एकहप्ते आशयपत्रको सूचना जारी भइसकेको छ । यो अवधि सकिएपछि १५ दिनभित्र ठेकेदार कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने उहाँले बताउनुभयो । काम शुरु भएपछि छ महिनामा सम्पन्न हुने अनुमान गरिएको छ ।

विद्युतीकरणका लागि प्राधिकरणले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लगानी गर्दैछ । प्रमुख दाहालले भन्नुभयो, “यसले महानगरको सौन्दर्यता वढाउने छ ।” आम महानगरवासीले थप सुविधा पाउने पनि महानगरको अपेक्षा छ । देशका महानगरपालिकाहरुमा प्राधिकरणसँग मिलेर स्मार्ट स्ट्रिट लाइट जडान गर्ने महानगर भरतपुर पहिलो हुने भएको छ ।

स्मार्ट स्ट्रिट लाइट जडानको बोलपत्र सेफ स्टिल, सूर्योदय ऊर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौँलाई परेको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले महानगरमा ७७ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान हुने बताउनुभयो । भरतपुर महानगरको केन्द्रीय बस ट्रमिनल चोक, आँपटारी चोक, पुलचोक, लायन्सचोक र चौबीसकोठीमा अग्ला पोलहरुमा चारैतिर बत्ती राखेर उज्यालो बनाइने छ ।

उहाँका अनुसार ती ठाउँहरुमा रङ्गशालाका जस्ता बत्ती जडान हुनेछन् । यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पुलचोकबाट आँपटारीसम्म, रामनगरबजार, बाइपास रोड, पुलचोकबाट शरणपुरसम्म, शहीदचोकबाट यज्ञपुरीसम्म र चौबीसकोठीबाट मालपोत चोकसम्म बत्ती जडान गरिने छ । दूरसञ्चार रोड, बालमन्दिर रोड, वीरेन्द्र क्याम्पस चोकबाट विशाल चोकसम्म, भरतपुर अस्पतालबाट हाकिमचोकसम्म, बाइपास रोडको गणेशस्थानबाट गोन्द्राङ्ग हँुदै पदमपुर चोकसम्म, बसेनी चोकबाट रिङरोडसम्म र त्रिचोकबाट बुद्धचोक हँुदै क्यान्सर अस्पताल चोकसम्म बत्ती जडान गरिने उहाँले जानकारी दिनुभयो ।

चोकबजार, हाकिमचोकबाट बुद्धचोकसम्म, चौबीसकोठीबाट रामपुरसम्म, शारदानगर, चनौली, मेघौली, गीतानगर, पकौडी, जगतपुर शिवनगर, ध्रुव र पटिहनी बजारसँगै प्रचण्डमार्गमा समेत बत्ती जडान हुनेछ । प्रमुख महतोका अनुसार ७० प्रतिशत नयाँ र ३० प्रतिशत पुराना पोल प्रयोग गरिनेछन् । ती सबै बत्ती बाल्न र निभाउन, मधुरो र चहकिलोलगायत सञ्चालनको काम एउटै नियन्त्रणकक्षबाट हुनेछ । एक–एक बत्तीको नियन्त्रण सोही कक्षबाट गरिनेछ । यसको मुख्य सर्भर काठमाडौँमा रहने र यहाँ पनि नियन्त्रणकक्ष हुने उहाँले जानकारी दिनुभयो । सडक विद्युत्मा देशकै नमूना काम हुन लागेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा