२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट पठनसीपमा सुधार

२०७७, २७ आश्विन मंगलवार १३:३०

असोज २७, काठमाडौँ । विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ पाँच वर्षअघि शुरु गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले सिकाइको दायरा फराकिलो भएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीपको विकासका जोड दिएको सो परियोजनाको सन् २०१८ मा गरिएको मध्यावधि मूल्याङ्कनअनुसार उक्त तहका बालबालिकाको पठनसीप र बोध क्षमतामा राम्रो सुधार भएको जनाइएको छ ।

उक्त पाँचवर्षे परियोजनाबारे मन्त्रालयले दातृ निकायका प्रतिनिधिसहित सरोकार पक्षसँग गरेको तीनदिने छलफल कार्यक्रमको पहिलो दिन आज यसका उपलब्धिबारे अवगत गराइएको हो । विसं २०७२ मा अमेरिकी सहायता नियोग युएसएआइडी नेपालको प्राविधिक सहयोगमा सञ्चालित सो परियोजना १६ जिल्लाबाट शुरु भई हाल तेस्रो चरणमा मुलुकका ३५ जिल्लामा विस्तार भएको छ ।  चौथो चरणमा ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य छ ।

छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै उक्त परियोजनाले बालबालिकाको पढाइ क्रियाकलापमा सहयोग गरेको पाउँदा खुशी लागेको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले  परियोजनाले उच्चशिक्षाका लागि दरिलो जग खडा गरेको उल्लेख गर्दै बालबालिका रमाउँदै पढ्दै गर्ने राम्रो अभ्यासको थालनी भएको बताउनुभयो ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक अङ्गका रुपमा लिइएको सो परियोजनाले सामुदायिक विद्यालयको सक्षमता र गुणस्तर सुधार गर्न प्राथमिकता दिएको मन्त्रालयका सहसचिव डा तुल्सीप्रसाद थपलियाले जानकारी दिनुभयो । पाँच वर्षमा कूल ७१ मिलियन अमेरिकी डलरमध्ये २५ मिलियन युएसएआइडीले र बाँकी नेपाल सरकार तथा विद्यालय क्षेत्र विकास कार्यक्रमको पुलिङ विकास साझेदारले व्यहोर्ने उल्लेख छ । शिक्षामा कार्यरत नागरिक समाजका प्रतिनिधिले भने यस्ता परियोजना सञ्चालन गर्दा स्थानीय तह र समुदाय तथा सबै पक्षलाई परिचालन गर्न र परियोजनाका सबै विवरण पारदर्शी गर्न माग गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो