२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाकै बीच रारा घुम्न पर्यटक आउन थाले, रारापछि मुर्माटप ! (फोटो फिचर)

२०७७, २८ आश्विन बुधबार ०४:५४

दान बहादुर बुढा | असोज २८, मुगु | नेपालको ठूलो कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा हिजो-आजको समय घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ । रारा पुगेपछि  मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वरिपरिको  दृश्य अवलोकन गर्न सकिने भएकाले पनि यो सिजनमा रारा भ्रमणका लागि निकै उपयुक्त समय भएकाले रारा पुगेपछि रारा नजिकै रहेको मुर्माटप हिमाल घुम्न छुटाउन नहुने स्थान रहेको छ ।

नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित रारा ताल अर्थात स्वार्गिय रारा महेन्द्रले नामकरण गरेको महेन्द्र तालले पनि निचिनिने रारा ताल केही समय कोरोनाले ६ महिनासम्म रारा सुनसान थियो । तर हिजो-आज बन्दा-बन्दी केही खुकुलो भएपछि रारा घुम्ने मुर्माटपमा पुगेर रमाउनेहरुको संख्या दिन प्रतिदिन बढी रहेको छ, यतिखेर रारामा  देश तथा विदेशी पर्यटकहरुको संख्या बढी रहेको हुँदा रमाईलो भईरहेको रारा डाँफे गेष्ट हाउसको संचालक पूर्ण देबी वमले बताएकी छन ।


रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन, त्यसका लागि रारा तालबाट १ घण्टा उकालो चढेर अथात घोडामा रमाउनेहरु घोडाबाट मुर्माटपमा जानुपर्छ । राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाल लगायत कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले अवलोकन गर्न पनि पाईन्छ ।

राराले एक दिनमा धेरै चोटी रङ फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक, कहिले आकासे जस्तो अनि कहिले खैरो । मौसम दिनको समय अनुसार दिनमै चार-पाँच पटक फेरिने रारातालको  पानीको रङमा मिस्रित देखिन्छ । सिन्जे र कान्जिरोवा हिमालको छाँयानाथको छायाले अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ ।


कोरानाको कहरकै बिच रारा घुम्न आएका आन्तरीक पर्यटक अज बहादुर शाहीपनि यस्तै अनुभव गरेका छन् । ‘रारा पुगेर मात्रै राराको सौन्दर्य थाहा नहुने रहेछ, साच्चै स्वर्गको आनन्द लिन रारा तालको दृश्य अवलोकलनका लागि मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि हिमाल पहाड, नदी/नाला जडिबुटी, बनजङ्गल, बन्य-जन्तु, चराचुरुङ्गीहरुको पनि अवलोकन र आनन्द मिल्ने रहेछ', यही कारण रारा पुगेका जुनसुकै पर्यटकहरुले एकपटक अर्थात सिजन अनुसारको समयमा राराको मुर्मा र चुचेमारा पुग्नै पर्ने स्थान रहेको शाहीले बताएका छन् ।

पर्यटकहरु रारासम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन् । रारा आइसकेका पर्यटकहरुले एकपटक रारासँग रमाउन मुमाटर्प जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरीकहरुको अनुरोध छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर गहिराइ १६७ मिटर रहेको छ ।

यस तालमा दुर्लभ असला जातका माछा, रानीट्राउट, भ्यागुतो लगायत जलचर र रारा क्षेत्रमा ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तूरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवा ,दुलभ रेड पाण्डा ,लगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै