2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

असोज ३०, ललितपुर (रासस) । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो । 

त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर र्फकनेको सङ्ख्या दुई हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । 

ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाहो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उहाँले  बताउनुभयो । यसैगरी महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र  वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी गराउनुभयो । 

यसैगरी महानगरपालिकामा सङ्क्रमित सङ्ख्या तीन हजार ४२८ पुगेको छ । तीमध्ये कोरोना निको भई घर फर्कनेको सङख्या एक हजार ७३१, सक्रिय सङ्क्रमित एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ । 

बिहीबार महानगरपालिकामा भेटिएका ८२ सङ्क्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताउनुभयो । “यहाँ कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छाँै”, गुरुङले भन्नुभयो । 

गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ३८२ पुगेको छ । ती मध्ये निको भई घर फर्कनेको सङ्ख्या २१५ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ । 

महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २५६, सङ्क्रमित ३५७ र मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।

अर्का तर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो ।

वाग्मती गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो । 

महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको सङ्ख्या नौ र सक्रिय सङ्क्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल