३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषि कर्मबाटै मासिक एक लाख बचत

१५ कार्तिक २०७७, शनिबार ०२:५२

कात्तिक १५, गलकोट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उहाँको मन कहिल्यै विदेश मोहमा तानिएन । 

खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो । उमेरले ४५ वर्ष पुग्नुभएका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७ सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती र २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दै आउनुभएको छ । “यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् । विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीले भन्नुभयो, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन ।” निरन्तर २५ वर्षदेखि ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थाल्नुभएको हो । 

खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय हुनुहुन्छ । गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैले पत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर । उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो बीचमा धेरै उतार चढाव आए, कहिले घाटा भयो, कहिलो नाफा भयो ।” 

निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित हुनुहुुन्छ । जामुने कृषि फर्ममार्फत व्यावसायिक उत्पादन गर्दै आउनुभएका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको छ । 

“कुखुराबाट वार्षिक १५ लाख र तरकारीबाट वार्षिक ६ लाख कारोवार हुन्छ”, खत्रीले भन्नुभयो “दुदिलाभाटीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ, अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे ।” खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुने गर्दछ ।

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उहाँको भनाइ छ । उहाँको काममा आमा, श्रीमती र अन्य दुई कामदार खटिँदै आएका छन् । जेटिए स्तरको तालीम लिनुभएका खत्रीले हालसम्म १२ लाख बढी रकम सरकारीस्तरबाट अनुदान पाइसक्नुभएको छ । दुदिलाभाटीमा खत्रीले २० रोपनीमा पाँच वर्षदेखि किबी खेती गर्दै आउनुभएको छ । अहिले उहाँको २०० किबीको बोटबाट गत वर्ष तीन लाख कमाइ गरेको बताउनुहुन्छ । अहिले १५ क्वीन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाइ छ । फलको राजाको रुपमा चिनिँदै आएको किबी स्थानीयस्तरमा भने बिक्री नभएको उहाँ बताउनुहुन्छ । “किबीको महत्व बुझाउँदैछु, अहिले उत्पादन भएको किबी काठमाडाँै, पोखरा निर्यात हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ फल भएकाले यसको महत्व बुझेमा स्थानीयस्तरमा नै खपत हुनेमा आशावादी छु ।” 

गलकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानको मागअनुसार नगरपालिकाले कार्यक्रम बनाउने, कृषकलाई सङ्गठित गर्ने र नगरपालिका भर कृषि जागरण ल्याउने अभियानमा लागिरहेको खत्रीको भनाइ छ । खत्रीले उत्पादन गर्दै आएका किबी बाहेकका अन्य कृषि उपज गलकोट बजारमै बिक्री भएको बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन