२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविको ४६ औं दीक्षान्त समारोहमा सम्मिलित हुन अनलाइन फाराम खुल्यो (भर्ने तरिकासहित )

१७ कार्तिक २०७७, सोमबार १०:२७

कार्त्तिक १७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन अनलाइन फाराम भर्नका लागि सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने छयालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन बि.सं. २०७६ साल आषाढ १ गतेदेखि २०७७ साल जेष्ठ ३२ गते तदनुसार (सन् २०१९ जुन १५ देखि २०२० जुन १४ सम्म) मा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृष्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D) पूरा गरेका इच्छुक विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट मार्फत अनलाइन फाराम भर्नका लागि सूचना प्रकाशित गरेको छ। दीक्षान्त समारोहसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको website: tuexam.edu.np मा हेर्न सकिनेछ।

आवेदन फाराम भर्ने विधि र आवश्यक कागजातहरु

– त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट tuconvocation.tuexam.edu.np मा राखिएको आवेदन फाराम आवेदक स्वयंले भरी इलष्लिभ बाट नै सोही Website मार्फत submit गर्नु पर्नेछ । आवेदन फाराम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएको दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ ।

(Website Online फाराम १७ अक्टोबर २०२० देखि १६ नोभेम्बर २०२० गतेसम्म मात्र उपलब्ध हुनेछ ।

 उक्त अवधि भित्र मात्र कुनै पनि समयमा फाराम भर्न सक्ने समेत जानकारी गराईन्छ । बैकमा १५ नाभेम्बर २०२० भित्रमा रकम जम्मा गरिसकेको हुनुपर्नेछ ।  १६ नोभेम्बर  २०२० पछि Online फाराम स्वतः बन्द हुनेछ ।

– Online आवेदन फाराम भर्दा MRP साईजको फोटो, नागरिकताको प्रमाणपत्र वा पासपोर्ट र trascriptn Scan गरी upload गर्नु पर्नेछ ।

– Online फाराम भरिसकेपछि e-mail प्राप्त सम्पूर्ण PDF Document Print गरी सुरक्षित राख्नु पर्नेछ ।

– दीक्षान्त समारोह सम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भए पश्चात् गाउन/स्कार्पm लिन आउँदा email मार्फत प्राप्त PDF Documents लाई print गरी परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नु पर्नेछ ।

– दीक्षान्त समारोहमा सम्मिलित हुन चाहने सम्बन्धित विद्यार्थीहरुले निम्नानुसार शुल्क दाखिला गर्नु पर्नेछ ।


        तह                       दीक्षान्त तथा प्रमाणपत्र शुल्क          गाउन/Convocation Cap/स्काफ धरौटी      जम्मा रु.

 क) स्नातक                         २,२००।–                     १,५००।–                                                        ३,७००।–

 ख) स्नातकोत्तर तथा एम.फिल         २,७००।–                  १,५००।–                                                ४,२००।–

 ग) विद्यावारिधि (पिएच.डी.) ३,२००।–          १,५००।–                                       ४,७००।–

– दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिनेछ । दीक्षान्त समारोहमा अभिभावक सरिक गराउने भएमा प्रति अभिभावक शुल्क रु.३००।– का दरले (फिर्ता नहुने) थप शुल्क लाग्नेछ ।

– उपरोक्तानुसारको शुल्क नेपाल वैक लि.(खाता नं.०४५००१०००९९११०००००१६) वा ग्लोवल IME वैक लि. (खाता नं. ०५०१०१००००३८९) मार्फत मात्र दाखिला गर्नु पर्नेछ ।

– वैक भौचरमा आफ्नो TU Registration Number, नाम तथा Grace Number समावेश गर्नु पर्नेछ । Grace Number को लागि tuconvocation.tuexam.com मा गई पत्ता लगाउन सकिनेछ ।

– शुल्क बुझाउँदा अनिवार्य रुपमा Transaction ID प्राप्त गर्नु पर्नेछ । सो Transaction ID प्रविष्ट गरेर मात्र दीक्षान्त फाराम भर्न सकिने छ ।

– दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको website : tuexam.edu.np मा हेर्न सकिनेछ ।

द्रष्टव्य : 

धरौटी रकमबाट रु.३००।– गाउन/स्कार्प/Convocation Cap को maintenance charge कट्टा गरिनेछ ।

दीक्षान्त समारोहको एक वर्ष भित्र आ–आफ्नो मूल प्रमाणपत्र लिनु पर्नेछ अन्यथा त्रि.वि.नियमानुसार थप जरिवान शुल्क लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य