२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सुदूरपश्चिम प्रदेशद्वारा ‘प्रादेशिक पर्यटन गुरुयोजना’ तयारी

१८ कार्तिक २०७७, मंगलवार ०९:३५

कार्त्तिक १८, गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रादेशिक पर्यटन गुरुयोजना’ निर्माणको तयारी अघि बढाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा दिगो एवं योजनाबद्ध पर्यटनको विकाससँगै व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि १० वर्षे (२०७७–२०८६) रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा खाकासहितको गुरुयोजना तयारी अघि बढाएको हो । 

मन्त्रालयले प्रादेशिक पर्यटन गुरुयोजना तयारी गर्न रु ५० लाख विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी भरतबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदेशको समृद्धि, आर्थिक तथा सेवा क्षेत्रको विकास गर्नका लागि पर्यटन क्षेत्रको गुरुयोजना निर्माण गर्न कार्यशर्त तयार गरिएको छ ।  

सुदूरपश्चिम प्रदेशलाई पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यस्थलका रुपमा विकास गरी सर्वसाधारणको जीविकोपार्जनका लागि रोजगारीको अवसरलगायत उत्पादनशीलता, जनताको जीवनस्तर र आर्थिक वृद्धिदर सँगसँगै राजश्वमा थप योगदान पुर्याउन गुरुयोजना आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । प्रदेशका प्राकृतिक, सांस्कृतिक, जैविक तथा मानवनिर्मित सम्पदाको खोज, संरक्षण, सम्बद्र्धन एवं विकास गरी प्रदेशलाई पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्दै अघि बढ्ने मन्त्रालयको योजना  छ । मन्त्रालयले गुरुयोजना परामर्शदाताबाट तयार गर्न लागेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । 

मन्त्रालयले कार्यक्षेत्रगत शर्तसहितको प्रतिवेदन पनि तयार गरेको छ ।  प्रतिवेदनमा प्रदेशका नौ जिल्लालाई आधार मानी पर्यटक र पर्यटन व्यवसायको विश्लेषण, पर्यटनसम्बन्धी शासकीय सुधार र संस्थागत संरचना सुधार, पर्यटकीय गन्तव्यको दिगो विकास र व्यवस्थापन, प्रचारप्रसार, ब्राण्डिङ, पर्यटन क्षेत्र र अन्य क्षेत्रबीचको सम्बन्ध, पर्यटन जनशक्ति उत्पादन र व्यवस्थापन, पर्यटन पूर्वाधार विकासलगायत विषय गुरुयोजनामा समेटिनुपर्ने उल्लेख छ । 

मन्त्रालयले प्रदेशका नौ जिल्लामा रहेका धार्मिक, सांस्कृतिक, वेशभूषा, रहनसहन, रीतिरिवाज, स्थानीय उत्पादन अन्न तरकारी, फलफूल, जडीबुटी, तालकुण्ड, तलैया, पोखरी, गुम्बा मठमन्दिर, गुफा, नदीनालाको पहिचान गरी पर्यटन क्षेत्रलाई पदमार्ग, डिकमार्ग, हवाईमार्गलगायतबाट जोड्न आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि चालू आवमा बजेट विनियोजन गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य