९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साढे पाँच वर्षमा ७८ हजारमध्ये ६०० घरमात्र प्रबलीकरण

१८ कार्तिक २०७७, मंगलवार १०:५१

कात्तिक  १८,  काठमाडौँ  । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भई प्रबलीकरण लाभग्राही सूचीमा परेका अधिकांश पीडितले पुनःनिर्माणमा जान चाहेका छन् । अधिकांश ढुङ्गा माटोले बनेका घरधनी प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राही सूचीमा जान चाहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले राससलाई जानकारी दिनुभयो । भूकम्पपछिको सर्वेक्षण तथा पुनः छुट सर्वेक्षणसमेतबाट ७८ हजार ३३ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका थिए । जसमध्ये हालसम्म ६०० घरमात्र बनेको एकाइको तथ्याङ्क छ । हाल ५९ घर प्रबलीकरण भइरहेका छन् ।

“प्रबलीकरण सूचीमा परेका अधिकांश घर नबनी पहिलो किस्ता लिएर बसेका छन्, अधिकांशले प्रबलीकरण बलियो नहुने महसुस गरेका छन्, प्रबलीकरण गर्न खर्चसमेत धेरै लाग्ने भएकाले धेरैको रोजाइ पुनःनिर्माणमै परेको हो, प्रबलीकरणबाट पुनःनिर्माणमा जान चाहनेको सूची सङ्कलनका लागि जिल्ला आयोजना कार्यालयलाई जिम्मेवारी दिइएको छ”, उहाँले भन्नुभयो । 

भूकम्पले क्षति पुगी घरको निश्चित भाग मर्मत गर्नुपर्ने पीडितलाई सर्वेक्षणका क्रममा प्रबलीकरण लाभग्राही सूचीमा राखिएको थियो । यस्ता लाभग्राही पुनःनिर्माण लाभग्राही सूचीमा समावेश हुन चाहेमा घर भत्काउनुअघिको तस्वीर बुझाउनुपर्ने छ । 

भूकम्पले आंशिक क्षति पुगेका संरचनालाई सम्बोधन गर्न प्रबलीकरणको व्यवस्था गरिएको थियो । पुनःनिर्माण लाभग्राही सूचीमा परेकाले तीन किस्तामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि रु तीन लाख अनुदान पाउँछन् । प्रबलीकरण लाभग्राही सूचीमा परेकाले भने दुई किस्तामा रु एक लाख अनुदान पाउने व्यवस्था छ ।

क्षति पुगेको घर वा भवनको भागको संरचनालाई चारैतिरबाट पिलरले ज्याकेटिङ गरी बलियो एवं भूकम्प प्रतिरोधी बनाउने विधिलाई प्रबलीकरण (रेक्ट्रोफिटिङ) भनिन्छ । भूकम्पको साँढे पाँच वर्षमा ७८ हजार ३३ मध्ये ६०० मात्र घर प्रबलीकरण भएपछि पुनःनिर्माण सूचीमा बदल्न प्राधिकरण लागिपरेको हो ।

भूकम्पले क्षति पुगेका ऐतिहासिक महत्वका धरोहरलाई भने सरकारले प्रबलीकरण नै गर्ने नीति लिएको छ । जुन संरचना भावी पुस्तालाई समेत देखाउने उद्देश्यले प्रबलीकरण गर्ने नीति लिइएको एकाइका आयोजना निर्देशक सिंहले सुनाउनुभयो । सिंहदरबारको मुख्य भवन, केशरमहल, बबरमहलस्थित महालेखा परीक्षकको कार्यालय र सडक विभाग रहेको भवन, बाल मन्दिरलगायत ऐतिहासिक महत्वका संरचना प्रबलीकरण भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै