१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविद्युतको ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

२० कार्तिक २०७७, बिहीबार ०४:५३

कात्तिक २०, गलकोट। बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । 

अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ । मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । पछिल्लो समय ताराखोला जलविद्युत्को ‘हव’ बन्दै गइरहेको छ ।   

साना लघु जलविद्युत्को भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रिय विद्युत् नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । केन्द्रिय प्रसारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत् आयोजना २.२ मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताउनुभयो । 

ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो । गत वर्षको माघदेखि शुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो । अहिले दशैँ तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । विसं २०६९ मा लाइसेन्स प्राप्त गरेको आयोजानाले हाल आएर धमामध काम थालेको हो । 

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाको कुल लागत रु २६ करोड रहेको छ । आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन् ।

“मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, खड्काले भन्नुभयो, “हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ ।” 

स्थानीय पायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रिय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ । अहिले मध्यतारा जलविद्युत् आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिनुभयो । 

एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत्गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधिअन्तर्गत चारै आयोजना निर्माण गरिनेछ । आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत हरिचौर सवस्टेशनमा जोडिनेछ । 

मध्यतारा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन  भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाट निर्माण गर्नका लागि प्रक्रिया शुरु भएको छ । यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’  जलविद्युत आयोजना र मध्यदरमखोला जलविद्युत आयोजना ‘बी’ समेत निर्माण गर्नेछ । 

मध्यदरमखोला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन् । मध्यदरम ‘ए’ तीन मेगावाट र मध्यदरम ‘बी’ ४.५ मेगावाट क्षमताको हुनेछ । ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीहरुको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु