साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा "/>

2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नगरपालिकामा भूकम्पपीडितको पुनःसर्वेक्षण रोक

साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा भने लगत सङ्कलन कार्य रोकिएको छ । जिल्लाका छ नगरपालिकामध्ये पाँचले भूकम्प प्रभावितको विगतमा सङ्कलन गरिएको नामावली र सूचना सार्वजनिक भएपछि आएका थप निवेदनसहितको नामावली पठाएर सहजीकरण गरेपछि ती नगरपालिकामा भने नौ दिनदेखि लगत सङ्कलन थालिएको जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय भक्तपुरका निर्देशक धर्मरत्न वज्राचार्यले जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिकाले भने आफैँले पठाएको लगत नमिलेको र अझै भूकम्पपीडितको नामावली छुटेको जनाई पठाइसकिएकमो नामावली नै फिर्ता गरेपछि लगत सङ्कलन रोकिएको हो ।भक्तपुर नगरपालिकाले सुरुमा लगत पठाएका आधारमा इन्जिनियर, सुपरभाइजर र सामाजिक परिचालकलाई तालिम दिएर एक साताअघि नै लगत सङ्कलनमा खटाउन लाग्दा नगरपालिकाले त्यसलाई रोकेको हो । 

आफैँले ल्याएको थप नामावलीमा फेरि पनि भूकम्पपीडितको नामावली छुटेको भन्दै सूचना सार्वजनिक गरेर अझै नामावली सङ्कलन गरिरहेको र अन्तिम नामावली अझै भक्तपुर नगरपालिकाले नपाएकाले लगत सङ्कलन गर्ने कार्य रोकिएको निर्देशक वज्राचार्यले जानकारी दिनुभयो । 

नगरपालिकाले छिटो नामावली नपठाए समयभित्रै लगत सङ्कलन गर्न समस्या हुने उहाँको भनाइ थियो । भक्तपुर नगरपालिकाका लागि खटाउन तयारी अवस्थामा रहेका जनशक्तिले अहिले काम पाएका छैनन् । 

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई कार्यालयले दुईदिन तालिम दिएर परिचालन गरेको थियो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१, सामाजिक परिचालक १२१ र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिएको छ । 

भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेर सम्बन्धित नगरपालिकामा निवेदन आएका पीडितका घर घरमा गएर टोलीले पुनःसर्वेक्षण गरेर लागत सङ्कलन गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई