साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नगरपालिकामा भूकम्पपीडितको पुनःसर्वेक्षण रोक

१६ श्रावण २०७३, आईतवार ०६:१५

साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा भने लगत सङ्कलन कार्य रोकिएको छ । जिल्लाका छ नगरपालिकामध्ये पाँचले भूकम्प प्रभावितको विगतमा सङ्कलन गरिएको नामावली र सूचना सार्वजनिक भएपछि आएका थप निवेदनसहितको नामावली पठाएर सहजीकरण गरेपछि ती नगरपालिकामा भने नौ दिनदेखि लगत सङ्कलन थालिएको जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय भक्तपुरका निर्देशक धर्मरत्न वज्राचार्यले जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिकाले भने आफैँले पठाएको लगत नमिलेको र अझै भूकम्पपीडितको नामावली छुटेको जनाई पठाइसकिएकमो नामावली नै फिर्ता गरेपछि लगत सङ्कलन रोकिएको हो ।भक्तपुर नगरपालिकाले सुरुमा लगत पठाएका आधारमा इन्जिनियर, सुपरभाइजर र सामाजिक परिचालकलाई तालिम दिएर एक साताअघि नै लगत सङ्कलनमा खटाउन लाग्दा नगरपालिकाले त्यसलाई रोकेको हो । 

आफैँले ल्याएको थप नामावलीमा फेरि पनि भूकम्पपीडितको नामावली छुटेको भन्दै सूचना सार्वजनिक गरेर अझै नामावली सङ्कलन गरिरहेको र अन्तिम नामावली अझै भक्तपुर नगरपालिकाले नपाएकाले लगत सङ्कलन गर्ने कार्य रोकिएको निर्देशक वज्राचार्यले जानकारी दिनुभयो । 

नगरपालिकाले छिटो नामावली नपठाए समयभित्रै लगत सङ्कलन गर्न समस्या हुने उहाँको भनाइ थियो । भक्तपुर नगरपालिकाका लागि खटाउन तयारी अवस्थामा रहेका जनशक्तिले अहिले काम पाएका छैनन् । 

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई कार्यालयले दुईदिन तालिम दिएर परिचालन गरेको थियो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१, सामाजिक परिचालक १२१ र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिएको छ । 

भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेर सम्बन्धित नगरपालिकामा निवेदन आएका पीडितका घर घरमा गएर टोलीले पुनःसर्वेक्षण गरेर लागत सङ्कलन गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान