२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ढाकामा भविष्य खोज्दै

२४ कार्तिक २०७७, सोमबार ०४:३६

कात्तिक २४, बागलुङ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो ।

यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाडौँको ह्याम्स अस्पतालमा पुनः शल्यक्रिया भयो । स्वास्थ्यले साथ नदिएपछि ४० वर्षीय घर्तीमगरले वैदेशिक रोजगारीबाट हात धुनुपर्यो । अढाइ वर्षअघि नेपाल फर्कनुभएकी उहाँले त्यसयता विदेशको मोहसमेत त्याग्नुभयो ।

थाइराइड निको भएपछि उहाँमा सीप सिकेर गाउँमै उद्यम गर्ने सोच पलायो । तमानखोला गाउँपालिका–३ की घर्तीमगरसहित छिमेकका महिला मिलेर ढाका बुनाइको तालिम लिने योजना बनाए । त्यसको अगुवाइ उहाँले नै गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय बागलुङको सहयोगमा सङ्गम म्याग्दीले तालिम दियो ।

पन्ध्र दिनको तालिमबाट तमान गाउँका २० महिलाले ढाकाको कपडा बुन्ने सीप सिके । “सीप जानेपछि आयआर्जनमा लाग्नुपर्छ भनेर गत वर्षदेखि कपडा बुन्न थालेका हौँ”, घर्तीमगरले भन्नुभयो, “यसलाई ढाका कपडा उद्योगकै रूपमा चलाउने योजना छ ।” 

अहिले ११ वटा तान राखेर महिलाहरुले ढाका बुनिरहेका छन् । कल्याण आमा समूहको भवनमा छिर्दा लहरै तानमा महिलाहरु सीप चलाइरहेका देखिन्छन् । कोही तयार भएका कपडा मिलाइरहेका भेटिन्छन्, कोही एकार्कालाई सघाउँदै । 

ढाका बुन्ने सबै महिला सोही आमा समूहमा आबद्ध छन् । बीस जनाले तालिम लिए पनि १४ जनाले मात्र ढाका बुनाइलाई पेशाको रूपमा अँगालेको समूहका अध्यक्ष तनिमा घर्तीमगरले बताउनुभयो । “गाउँका दिदीबहिनीहरु स्वरोजगार बन्न खोज्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “वडा, गाउँपालिकाजस्ता निकायले पनि सघाउनुपर्छ ।”

उद्यमी नीलमाया घर्तीमगरले ढाका बुन्नका लागि तानलगायत उपकरण खरिद र व्यवस्थापनमा व्यक्तिगत लगानी परेको सुनाउनुभयो । “एक जनाको रु ५० हजारजति खर्च भएको छ, अहिलेसम्म कतैबाट पनि सहयोग आएको छैन”, उहाँले भन्नुभयो । ढाकाबाट सल, झोला, टोपी, खादा, इस्टकोटलगायतका कपडा तयार हुने गरेको नीलमायाले बताउनुभयो । 

अहिले उत्पादन भइरहेका कपडा गाउँमै खपत भएको उद्यमी बताउँछन् । ढाकाको कपडा बुन्न समय र मेहनत धेरै लाग्ने भएकाले सोहीअनुसार बजारको सुनिश्चितता गर्नु चुनौतीपूर्ण छ । एउट सलको न्यूनतम रु ७०० देखि दुई हजार ५०० सम्म भाउ तोकिएको छ । कपडाको आकार र डिजाइनअनुसार भाउ तलमाथि हुन्छ ।

कोभिड–१९ का कारण कपडाको बिक्रीमा असर पुगेको उद्यमी जुनुमायाले बताउनुभयो । ढाका बुन्न चाहिने ऊनीको धागो समयमै ल्याउन पनि समस्या भइरहेको छ । कहिले काठमाडौँ त कहिले बुर्तिबाङ बजारबाट धागो आउँछ । उद्यम शुरु गरेको भर्खर एक वर्ष भएकाले नाफाको लेखाजोखा गर्न महिलाहरुले भ्याइसकेका छैनन् ।

तालिमलगायतका व्यवस्थापकीय खर्च भने उठेको जुनुमायाको भनाइ छ । “उत्पादन बढ्दै जाँदा बजार पनि व्यवस्थापन भयो भने राम्रो कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “घरधन्दा भ्याएर फुर्सदको समय यसमा लगाउन पाउँदा हामी खुसी छौँ ।” शुरुको उत्पादन गाउँबाटै बिक्री भए पनि पछिलाई बजार चाहिने जुनुमायाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गत वर्ष समूहको भवनमा लगानी भएको बताउँदै यो वर्ष उद्यम विकासमा महिलाहरुलाई यथोचित सहयोग गरिने बताउनुभयो । “ढाकाको बिक्री कक्ष निर्माण हुन्छ या अरु नै माध्यमबाट भए पनि बजार व्यवस्थापनमा हामी सघाउँछौँ”, उहाँले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य