साउन १६, रुपन्देही । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । 

लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, रुपन्देही । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । 

लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि "/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीमा बाह्र सहकारी खारेज

२०७३, १६ श्रावण आईतवार ०८:००

साउन १६, रुपन्देही । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । 

लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयलका प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

खारेज गरिएकामा पर्रोहा दुग्ध सहकारी, सिमाना कृर्षि सहकारी दयानगर, चमन कृर्षि सहकारी सिनपा, तत्परता कृर्षि सहकारी सूर्यपूरा, हरितशक्ति कृर्षि सहकारी बगाहा र कोहीनुर कृर्षि सहकारी वसन्तपुर रहेका छन् । 

यस्तै प्रमाण कृर्षि सहकारी रोहीनीहवा, किफायति कृिर्ष सहकारी बगाहा, चिरायु जडीबुटी सहकारी सालझन्डी, चण्डीका बचत तथा ऋण सहकारी संस्था हाटिवनगाई, सुसेली बचत तथा ऋण सहकारी मक्रहर, नवदुर्गा दुग्ध उत्पादन सहकारी एकला र दिब्यज्योति बहुउद्देश्यीय सहकारी करहिया पनि खोजीमा परेका छन् । 

“अरु ४८ वटा सहकारीको पनि दर्ता खारेजी प्रक्रिया सुरु गरेका छौँ,” घिमिरेले भन्नुभयो । जिल्लाका एकसय ८९ वटा सहकारी जरिवानामा परेका छन् । ती सहकारीलाई सहकारी ऐनअनुसार रु १०० देखि रु एकहजार ५०० सम्म जरिवाना गरी रु दुई लाख १६ हजार राजस्व सङ्कलन गरिएको छ । जिल्लामा ७३० वटा सहकारी रहेका छन् । ती मध्ये ३६३ बचत तथा ऋण, एकसय ९ वटा बहुउद्देश्यीय, १९२ वटा कृर्षि तथा ५३ वटा दुग्ध सहकारी रहेका छन् । यी सहकारीमार्फत वार्षिक रु १२ अर्बको कारोबार हुने गरेको बताइएको छ । 

कार्यालयका अनुसार रु एक अर्ब ५० करोडभन्दा बढी सहकारीमा सेयर पुँजी छ भने रु आठ अर्ब बचत पँुजी रहेको छ । प्रत्यक्ष रुपमा एकहजार ३०० जनाले सहकारीमा रोजगारी पाएका छन् भने एक लाख ५५ हजार जना सहकारीमा आवद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड