साउन १६, रुपन्देही । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । 

लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, रुपन्देही । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । 

लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीमा बाह्र सहकारी खारेज

१६ श्रावण २०७३, आईतवार ०८:००

साउन १६, रुपन्देही । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । 

लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयलका प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

खारेज गरिएकामा पर्रोहा दुग्ध सहकारी, सिमाना कृर्षि सहकारी दयानगर, चमन कृर्षि सहकारी सिनपा, तत्परता कृर्षि सहकारी सूर्यपूरा, हरितशक्ति कृर्षि सहकारी बगाहा र कोहीनुर कृर्षि सहकारी वसन्तपुर रहेका छन् । 

यस्तै प्रमाण कृर्षि सहकारी रोहीनीहवा, किफायति कृिर्ष सहकारी बगाहा, चिरायु जडीबुटी सहकारी सालझन्डी, चण्डीका बचत तथा ऋण सहकारी संस्था हाटिवनगाई, सुसेली बचत तथा ऋण सहकारी मक्रहर, नवदुर्गा दुग्ध उत्पादन सहकारी एकला र दिब्यज्योति बहुउद्देश्यीय सहकारी करहिया पनि खोजीमा परेका छन् । 

“अरु ४८ वटा सहकारीको पनि दर्ता खारेजी प्रक्रिया सुरु गरेका छौँ,” घिमिरेले भन्नुभयो । जिल्लाका एकसय ८९ वटा सहकारी जरिवानामा परेका छन् । ती सहकारीलाई सहकारी ऐनअनुसार रु १०० देखि रु एकहजार ५०० सम्म जरिवाना गरी रु दुई लाख १६ हजार राजस्व सङ्कलन गरिएको छ । जिल्लामा ७३० वटा सहकारी रहेका छन् । ती मध्ये ३६३ बचत तथा ऋण, एकसय ९ वटा बहुउद्देश्यीय, १९२ वटा कृर्षि तथा ५३ वटा दुग्ध सहकारी रहेका छन् । यी सहकारीमार्फत वार्षिक रु १२ अर्बको कारोबार हुने गरेको बताइएको छ । 

कार्यालयका अनुसार रु एक अर्ब ५० करोडभन्दा बढी सहकारीमा सेयर पुँजी छ भने रु आठ अर्ब बचत पँुजी रहेको छ । प्रत्यक्ष रुपमा एकहजार ३०० जनाले सहकारीमा रोजगारी पाएका छन् भने एक लाख ५५ हजार जना सहकारीमा आवद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो